logo
  • Friday, October 30, 2020
  • वि.सं १४ कार्तिक २०७७, शुक्रबार

र्यापर योगं टिको पहिलो गित सार्वजनिक

स्टिम न्युज वि.सं १८ आश्विन २०७७, आईतवार १८:२६
र्यापर योगं टिको पहिलो गित सार्वजनिक

जापान: जापानलाई आफ्नो कर्मभुमि बनाएर बसिरहेका नेपाली र्यापर योगं टि को पहिलो गित सार्वजनिक भएको छ।उन्नाईस वर्षीय र्यापर टी को 1997 बोलको उक्त गित जापानी र अँग्रेजी भाषाको समिश्रणबाट गाईएको छ।गित र म्युजिक भिडीयोलाई एकैदिन जापानबाट सार्वजनिक गरिएको हो।

जापान बाट यसअघि पनि थुप्रै नेपाली र्यापरहरुले गित सार्वजनिक गरिसकेका छन।तिनै मध्येका एक र्यापर ओजी असिमले सम्पादन गरेको र्यापर योगं टी को भिडीयो पनि युट्यबमा आएको छ। र्यापर असिमले आफ्नो थुप्रै गितहरु यसअघि नै जापान बाट सार्वजनिक गरिसकेका छन। उनले र्यापर योगं टी को भिडीयो सम्पादन मार्फत आफ्नो सम्पादन कलालाई पनि देखाएका छन।

र्यापर योगं टि ले पहिले गितबाट आफु उत्साही भएको र आगामी दिनमा अरु गितहरु पनि बाहिर लेराउने जानकारी दिएका छन।र्यापर योगं टी को भिडीयोलाई टोकियोमा छायांकन गरिएको हो।



Loading...
loading...

Top