logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

विश्वकपमा नयाँ रेकर्ड, थाइल्याण्ड माथि अमेरिकाको १३-० गोल अन्तरको विजय

वि.सं २९ जेष्ठ २०७६, बुधबार १०:५२
Blog single photo

विश्वकपमा नयाँ रेकर्ड, थाइल्याण्ड माथि अमेरिकाको १३-० गोल अन्तरको विजय

काठमाडौं– अमेरिकाले थाइल्यान्डलाई १३-० गोलले पराजित गर्दै रेकर्ड बनाएको छ ।

फिफा महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा अमेरिकाले थाइल्यान्डलाई १३-० गोलले पराजित गर्यो ।

जर्मनीले सन् २०११ मा अर्जेन्टिनामाथि ११-० को जीत निकाले संगै उसको नाममा रहेको फराकिलो गोल अन्तरको रेकर्ड अमेरिकाले हिजो तोडेको हो ।

थाइल्यान्ड संगको खेलमा अमेरिकाले पहिलो हाफमा ३ गोल गरेको थियो ।

दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको अमेरिकाले थप १० गोल गर्दै विश्वकपमा अहिलेसम्मकै फराकिलो अन्तरको जीत दर्ता गर्यो ।

यसअघि अमेरिकाको लागि सबैभन्दा फराकिलो जीत चाइनिज ताइपेईमाथिको ७-० को जित थियो ।

अमेरिकाका लागि एलेक्स मोर्गान एक्लैले ५ गोल गरेकी थिइन् ।

रोस लभेनी र समान्थ मेविसले २-२ गोल गर्दा लिन्से होरान, मेगन रापिनोए, मालोरी पग र कर्ली लोर्डले १-१ गोल गरेका थिए ।




Top