logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

वुमन्स च्याम्पियन्स लिग: उपाधिको लागी काठमाडौं र चितवन भिड्दै

स्टिम न्युज वि.सं ७ कार्तिक २०७६, बिहीबार ११:०८
वुमन्स च्याम्पियन्स लिग: उपाधिको लागी काठमाडौं र चितवन भिड्दै

काठमाडौं : पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधिको लागी  भिडन्त आज हुँदैछ । पहिलो महिला फ्रेन्चाईज लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राईनोज भिडदैछन् । चितवन राईनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

काठमाडौं भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो । समूह चरणका चार खेल नै जितेको चितवन राइनोजले फाइनलमा पनि त्यस्तै आत्मविश्वासका साथ खेल्ने जवाफ दिएको छ भने काठमाडौंले पहिलो खेलमा चितवनसँग पराजय व्यहोरे पनि पछिल्ला चारमा उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।



Loading...
loading...

Top