logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

तपाइँको मोबाइल फोनमा ह्वाट्स्एप नचल्न सक्छ, यस्तो छ कारण !

स्टिम न्युज वि.सं २० माघ २०७६, सोमबार ११:१३
तपाइँको मोबाइल फोनमा ह्वाट्स्एप नचल्न सक्छ, यस्तो छ कारण !

काठमाडौं । सामाजिक सञ्जाल ह्वाट्स्एप अब लाखौं मोबाइल फोन सेटमा नचल्ने भएको छ । फेसबुकको स्वामित्वमा रहेको सन्देश आदानप्रदानका लागि विश्वभर प्रयोग हुने ह्वाट्सएप अब लाखौं स्मार्टफोनमा नचल्ने भएको हो ।

पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको ह्वाट्स्एपले काम गर्नेछैन ।
ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको गोप नियताको सुरक्षा गर्नका लागि यो आवश्यक कदम भएको बताएको छ ।

यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुनेछन् । ह्वाट्स्एपले असंगत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन ।

ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन् । तर आईओएस ८ मात्र स्वीकार्ने आईफोन फार एस जस्ता निश्चित फोनमा सो एप नचल्ने भएको छ ।

सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन । पछिल्लो एक दशकमा सर्वाधिक डाउनलोड भएका एपमध्ये चौथो स्थानमा परेको ह्वाट्स्एपले सन् २०१७ मै आफ्ना प्रयोगकर्तालाई सम्भावित परिवर्तनबारे सूचना दिएको थियो ।

कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हाम्रो लागि यो कठिन निर्णय थियो, तर ह्वाट्स्एप प्रयोग गरेर इष्टमित्र, परिवार र आफन्तसँग सम्पर्कमा रहन मानिसहरूलाई राम्रो स्थिति उपलब्ध गराउन सही निर्णय पनि ।’ आजको राजधानी दैनिकले यो समाचार प्रकाशित गरेको छ ।



Loading...
loading...

Top