logo
  • Thursday, November 21, 2019
  • वि.सं ५ मंसिर २०७६, बिहीबार

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै

स्टिम न्युज वि.सं २ कार्तिक २०७६, शनिबार १४:१२
Blog single photo

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते अर्थात आज र भोली देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउदैछ।

आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाइनेछ ।

शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ देखि २३ महिनाका बालबालिकालाई बुहुसुक्ष्म तत्व बालभिटा पोषणस्थिति लेखाजोखा आवश्यक व्यवस्थापनका लागि स्थानियतहलाई जानकारी गराउने मन्त्रालयले जनाएको छ ।




Top