logo
  • Monday, April 6, 2020
  • वि.सं २४ चैत्र २०७६, सोमबार

नेपाल सन् २०२० को विश्‍व भ्रमणको पहिलो सूचीमा

स्टिम न्युज वि.सं १ पुष २०७६, मंगलवार १२:१०
नेपाल सन् २०२० को विश्‍व भ्रमणको पहिलो सूचीमा

काठमाडौं । नेपालले भ्रमण वर्ष २०२० घोषणा गरिरहँदा चर्चित म्यागेजिन फोर्ब्समा एकजना लेखकले विश्वको गन्तव्य सूचीमा नेपाललाई प्राथमिकताका साथ पहिलो नम्बरमा राखेर आफ्नो आलेख लेखेकी छन् ।

क्याथेरिन पार्कर माग्यारले ११ डिसेम्बर सन् २०१९ मा लेखेको उक्त लेखमा आगामी दशकमा विश्वका भ्रमण गर्नुपर्ने ‘टप टेन’ मुलुकको बारेमा लेखिरहँदा नेपाललाई भने पहिलो प्राथमिकताका साथ पहिलो नम्बरमा राखेकी छन् ।

लेखिकाले उक्त लेखमा नेपाल भ्रमणलाई नजिकबाट नियाल्न तराईको जंगल सफारिदेखि हिमालको काँखमा रहेको विश्‍वको सर्वोच्च शिखर सगरमाथालगायतका हिमश्रृंखलाहरुको यात्रालाई महत्व दिँदै निजी ट्रेकिङ कम्पनीलाई विशेष प्राथकिमता दिइएको छ ।

त्‍यति मात्रै नभएर नेपालमा रहेका साहसिक यात्रा ‘क्लाइम्बर’ र पद यात्रालाई नजिकबाट नियाल्नुपर्ने सुझाव दिएका छन् भने उनले यहाँ रहेका गगनचुम्बी हिमश्रृंखला, पहाड, नदी र जंगल घुम्नुपर्ने औल्याएकी छन् ।

यसपछि उनले इक्वेडर, न्यूजील्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालाई घुम्नुपर्ने गन्तव्यको सूचीमा समावेश गरेकी छन् । उनको आलेखमा नेपालसमेत छनौटमा परेका १० गन्तव्यलाई अर्को दशकका लागि ‘टेन बकेट लिस्ट’ को रुपमा उल्लेख गरिएको छ ।

तर फोब्स म्यागेजिनले तयार पारेको सन् २०२० मा विश्‍वको गन्तव्य सूचीमा भने नेपालको नाम उल्लेख गरेको छैन । २०२० मा भ्रमण गर्नुपर्ने मुलुकको उक्त सूचीमा लस भेगस, तेल अभिभ, मकाउ, नाशभिल्ले, युएस र बृटिश भर्जिन आइल्याण्ड, ओकिनावा, दुबई, टोक्यो, इडिनबर्ग, सोनोमा, रियाध, रोम, कोहलर विस्कोन्सीन, मोन्टेरि क्यालिफोर्निया, बैंकक, मेक्सिको, जमैका, माल्दिभ्स, सेन्ट पिटसवर्ग र केप टाउनलाई समाबेश गरिएको छ ।



Loading...
loading...

Top