logo
  • Friday, July 3, 2020
  • वि.सं १९ असार २०७७, शुक्रबार

सरकारलाई माघ ७ गतेभित्र भुक्तानी दिन उखु किसानको अल्टिमेटम

स्टिम न्युज वि.सं १७ पुष २०७६, बिहीबार १५:१५
सरकारलाई माघ ७ गतेभित्र भुक्तानी दिन उखु किसानको अल्टिमेटम

काठमाडौं । आन्दोलनरत उखु किसानहरुले माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । किसानहरुले आगामी माघ पहिलो साताभित्र सम्पूर्ण बाँकी रकम बिहीबार सरकारलाई समयसीमा तोकेका हुन् ।

किसानले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भुक्तानी दिने सरकारको प्रतिबद्धता लिखित रुपमा आउनुपर्ने जनाएका छन् ।

सरकार र किसान पक्षबीच बारम्बार सम्झौता भए पनि कार्यान्वयनमा नआएको भन्दै लिखित प्रतिबद्धता आउनुपर्ने किसानहरुको माग छ । आफूहरुले दिएको समयसीमाभित्र भुक्तानी नपाए देशव्यापी आन्दोलन गर्ने किसानहरुले चेतावनी दिएका छन् ।

अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भुक्तानी दिन बाँकी रहेको किसानहरुले बताएका छन् ।



Loading...
loading...

Top