logo
  • Tuesday, November 24, 2020
  • वि.सं ९ मंसिर २०७७, मंगलवार

उधारोमा करणी गर्ने धरौटिमा रिहा

स्टिम न्युज वि.सं २१ आश्विन २०७७, बुधबार १९:५१
उधारोमा करणी गर्ने धरौटिमा रिहा

विराटनगर । महिलालाई करणी गरेको स्वीकार गर्ने एक पुरुषलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि धरौटीमा छाडेको छ ।

घाँस काट्न खेतमा गएकी २३ वर्षीय दलित महिलालाई ‘एक हजार रुपैयाँ दिन्छु’ भन्दै करणी गरेको स्वीकार गर्ने मोरङको रतुवामाई नगरपालिका–८ कुखुरेडाँडाका काजी भनिने काजिमान श्रेष्ठ, पक्राउ परेको २२ दिनपछि छुटेका हुन् ।

२३ भदौमा रतुवामाई नगरपालिका–८ की २३ वर्षीय दलित महिलालाई जरवजस्ती करणी गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत मोरङका न्यायाधीश राजकुमार कोइरालाको इजलासले १६ असोजमा एक लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर श्रेष्ठ छुटेका हुन् ।

तीन पन्ने थुनछेक आदेशमा भनिएको छ– ‘प्रतिवादीले अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा जाहेरवालाले एक हजार रुपैयाँ मागेकोमा दिन्न भन्दा करणी गर्न दिन्छु, भरेभोलि पैसा दिँदा हुन्छ भनेकीले करणी गरेको हो, भरेभोलि पैसा माग्न नआएकोमा जबरजस्ती करणीमा जाहेरी दिइन्’ भन्ने उल्लेख गरेका छन् । पीडिताको स्वास्थ्य परीक्षण प्रतिवेदनमा शरिरमा चोटपटक नदेखिएको उल्लेख गरेको, पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल यी प्रतिवादीलाई एक लाख धरौटी लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नू ।’

उधारोमा करणी गरेको अदालतसमक्ष बयान दिएका काजी पक्राउ परेको २२ दिनपछि घर पुगेका थिए । पक्राउ परेका पीडक घर पुगेपछि पीडिम महिलामाथि छिमेकीले कुटपिट गरेका छन् ।



Loading...
loading...

Top