logo
  • Wednesday, July 8, 2020
  • वि.सं २४ असार २०७७, बुधबार

ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पले गरेकाे ट्वीट हाइड गरिदियाे

स्टिम न्युज वि.सं १७ जेष्ठ २०७७, शनिबार १०:००
ट्वीटरले अमेरिकी राष्ट्रपति ट्रम्पले गरेकाे ट्वीट हाइड गरिदियाे

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको एउटा ट्वीट ट्वीटरले सिधै नदेखिने अर्थात् हाइड बनाइदिएको छ ।

ट्रम्पले गरेको कतिपय ट्वीट भ्रामक भएको र त्यसले समाजमा गलत सूचना दिएको भन्दै ट्वीटरले ट्रम्पको ट्वीटमा फ्याक्ट चेक सँगै राखिदिएपछि उनी ट्वीटरविरुद्ध आगो ओकल्न थालेका छन् ।

ट्वीटरसँग बदला लिन उत्रिएका ट्रम्पले सामाजिक सञ्जालसँग असीमित अधिकार रहेको भन्दै तिनलाई नियमन गर्न एक दिनअघि मात्र राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कार्यकारी निर्देशन जारी गरेका थिए ।

ट्रम्पको ट्वीटले हिंसालाई प्रशंसा वा गुणगान गरेको र सो आफ्नो नियम विपरित रहेको भन्दै उनको उक्त ट्वीट हाइड गरिएको ट्वीटरले जनाएको छ ।

ट्वीटरले नदेखिने बनाएको राष्ट्रपति ट्रम्पले गरेको उक्त ट्वीट फेरि जस्ताको त्यस्तै ‘कपी’ गरेर राष्ट्रपति कार्यालय ह्वाइट हाउसको ट्वीटर एकाउन्टबाट केही घण्टापछि ट्वीट गरियो । तर त्यो ट्वीट पनि ट्वीटरले हाइड गरिदिएको छ ।

यद्यपि, हाइड गरिएको ट्वीटमा के थियो भन्ने हेर्न चाहनेले भने हाइडको अप्सनमा गएर क्लिक गरी हेर्न सक्छन् । तर त्यसमा चेतावनीको संकेत राखिएको छ ।



Loading...
loading...

Top