एउटै आमाबाट जन्मिएका जुम्ल्याहा बच्चाका बुवा फरक-फरक

फरक-फरक
Advertisement

एउटै आमाबाट जन्मिएका जुम्ल्याहा बच्चाका बुवा फरक-फरक

काठमाडाैं । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर पिता फरक-फरक भएको पत्ता लागेको छ । डीएनए परीक्षण गर्दा पिता फरक-फरक भएको पत्ता लागेको हो ।

जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरीकहाँ गए, त्यसपछि यो घटना सार्वजनिक भएको हो ।

डीएनए परीक्षणपछि महिलाले आफ्नो श्रीमानलाई धोका दिएर अन्य पुरुषसँग सम्बन्ध राखेको खुलासा भएको हो । श्रीमानलाई यो विषयको जानकारी हुनेबित्तिकै उनले श्रीमतीसँग सोधपुछ गरेका थिए ।

सोधपुछपछि महिलाले अर्को व्यक्तिसँग पनि सम्बन्ध भएको स्वीकार गरेकी थिइन् । याे तथ्यदेखि डाक्टर पनि अचम्ममा परेका छन् । आजकाे कारोबार दैनिकमा याे खबर छ ।

Facebook Comments