विश्वकप विजेता फ्रान्स टर्की संग स्तब्ध, युरोकप फुटबलको छनोट खेलमा २–० ले पराजित

विश्वकप विजेता फ्रान्स
Advertisement

विश्वकप विजेता फ्रान्स टर्की संग स्तब्ध, युरोकप फुटबलको छनोट खेलमा २–० ले पराजित

काठमाडौं । विश्वकप विजेता फ्रान्स, युरोकप फुटबलको छनोट खेलमा टर्कीद्वारा पराजित भएको छ ।

टर्कीको कोन्या शहरमा गएराति भएको खेलमा घरेलु टोलीले विश्वकप विजेता फ्रान्सलाई २–० ले हरायो ।

कान ऐहान र सेन्गिज अन्डरले एक/एक गोल गरेपछी विश्वकप विजेता फ्रान्स विरुद्धको कठिन खेलमा टर्कीले जीत हासिल गर्न सक्यो ।

फ्रान्स संगको जीतपछी टर्कीले समूह एच मा तीन खेलबाट ९ अंक जोडेको छ भने फ्रान्सको ६ अंक रहेको छ ।

युरोकप छनोटकै अन्य खेलहरूमा जर्मनीले बेलारुसलाई उसैको मैदानमा २–० ले हराएको छ । जर्मनीका लेरोए साने र मार्को रिउसले एक/एक गोल गर्दै जर्मनीलाई जीत दिलाए ।

यता क्रोएसियाले वेल्सलाई २–१ ले पराजित गरेको छ भने सान मारिनो माथि ९–० को भारि अन्तरले रुस विजयी भएको छ ।

त्यस्तै बेल्जियमले काजखस्तानलाई ३–० ले हराउदा इटलीले ग्रिसमाथि ३–० कै सानदार विजय हासिल गरेको छ ।

Facebook Comments