logo
  • Monday, January 18, 2021
  • वि.सं ५ माघ २०७७, सोमबार

अमेरिकी रास्ट्रपति ट्रम्पविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता

स्टिम न्युज वि.सं २८ पुष २०७७, मंगलवार १२:०३
अमेरिकी रास्ट्रपति ट्रम्पविरुद्ध फेरि महाअभियोग प्रस्ताव दर्ता

न्युर्योक ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि दोस्रोपटक महाअभियोग प्रस्ताव दर्ता भएको छ।

डेमोक्र्याटिक सांसदहरुले तल्लो सदनमा सोमबार उनीमाथि गत साता क्यापिटल हिलमाथि भएको भयानक हमलामा जिम्मेवार रहेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।यो प्रस्तावमाथि बुधबार मतदानको तयारी भएको सीएनएनले लेखेको छ।

जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिने तयारी भइरहेका बेला नौ दिनअघि ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो।डेमोक्र्याट्सहरुले ट्रम्पलाई सत्ताबाटै बर्खास्त गर्ने गरी संशोधनका लागि उपराष्ट्रपति माइक पेन्ससँग आग्रह गरे पनि रिपब्लिकनहरुले यसलाई अस्वीकार गरेका थिए।



Loading...
loading...

Top