logo
  • Monday, January 18, 2021
  • वि.सं ५ माघ २०७७, सोमबार

ट्रम्पमाथि पुनः महाअभियोग लगाउने तयारी

स्टिम न्युज वि.सं २५ पुष २०७७, शनिबार १०:३९
ट्रम्पमाथि पुनः महाअभियोग लगाउने तयारी

न्युर्योक । अमेरिकामा डेमोक्र्याटिक पार्टीका नेताहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पुनः एकपटक महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेका छन् ।

यसअघि सन् २०१९ मा युक्रेनका शासकलाई गरेको टेलिफोन संवादलाई लिएर उनीमाथि महाअभियोग लागेको थियो । त्यसबेला महाअभियोग प्रस्ताव माथिल्लो सदनबाट पारित हुन सकेको थिएन ।
बुधबार राजधानी वासिङ्गटन डिसी स्थित संसद भवनमा हतियारसहित प्रवेश गरेका ट्रम्पका समर्थकहरुले तोडफोड तथा हिंसात्मक गतिविधि गरेका थिए । सो घटनामा हालसम्म पाँचजनाको ज्यान गएको पुष्टि भएको छ । आफ्ना समर्थकलाई हिंसात्मक गतिविधि गरी चुनावको नतिजा उल्ट्याउन उक्साएको आरोपमा ट्रम्पमाथि महाअभियोग लगाउने तयारी डेमोक्र्याटहरुले गरेका हुन् ।
गएको नोभेम्बर ३ मा भएको चुनावमा पराजित भएका ट्रम्पले बिना प्रमाण धाँधली गरी उल्टाएको आरोप लगाउँदै आएका छन् । ५० भन्दा बढी मुद्दा दायर गरे पनि सबै अदालतले प्रमाणको अभावमा उनको विपक्षमा फैसला गरेको थियो ।



Loading...
loading...

Top