logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

अश्लील भाषा प्रयोग गर्दै अमेरीकी राष्ट्रपति ट्रम्पद्वारा विपक्षीको आलोचना

स्टिम न्युज वि.सं १६ आश्विन २०७६, बिहीबार १०:४७
Blog single photo

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी डेमोक्रेट सांसदहरुलाई अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका छन् । फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा महाअभियोगको प्रस्तावलाई लिएर उनले विपक्षीमाथि आक्रोश पोखेका हुन् ।

डेमोक्रेट नेताहरुलाई राष्ट्रपति ट्रम्पले बेइमान र देशद्रोहीको संज्ञा दिएका छन । ट्रम्पले संसदको गुप्तचर समितिका अध्यक्ष एडम सिफमाथि तीव्र आक्रोश ब्यक्त गरे । राष्ट्रपति ट्रम्पले अध्यक्ष सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे ।

उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि बताए । आफुमाथिको सम्पुर्ण अनुसन्धान छल र अमेरिकी जनताप्रत कपटपुर्ण अपराधको संज्ञा समेत ट्रम्पले दिएका छन् ।

युक्रेनका राष्ट्रपतिलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडनमाथि छानविन गर्न दवाब दिएको विषयमा ट्रम्पको महाअभियोग प्रस्ताव संसदमा अघि बढेको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अगुवाईमा महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान भइरहेको छ ।




Top