logo
  • Thursday, July 9, 2020
  • वि.सं २५ असार २०७७, बिहीबार

ट्रायथोलनमा सोनीले जितिन् स्वर्ण पदक, पुरुषतर्फ नितेशले जिते कास्य

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १३:२७
ट्रायथोलनमा सोनीले जितिन् स्वर्ण पदक, पुरुषतर्फ नितेशले जिते कास्य

पोखरा। नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा सोमबार सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालकी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् ।

पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी उनले स्वर्ण जितिन् । नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी छ जना प्रतिस्पर्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उनले पहिलो पटक स्वर्ण पदक हात पारिन् ।

भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गरिन् । भारतमा सम्पन्न १२औँ संस्करणको सागबाट ट्रायथोलन खेल समावेश गरिएको थियो । १२औँ संस्करणमा नेपाले मिक्स इभेण्टतर्फ एक रजत तथा महिला व्यक्तिगतमा एक काश्य पदक जितेको थियो ।

प्रतियोगिताको पुरुषतर्फ भारतका आदर्श एमएन सिनीमलले निर्धारित दूरी एक घण्टा दुई मिनेट ३१ सकेण्डमा पार गरी आफ्नो देशलाई स्वर्ण पदक दिलाए । भारतकै विश्वरिज्टी साइकमले एक घण्टा दुई मिनेट ५९ सेकेण्डमा दूरी पार गरी रजत पदक प्राप्त गरे ।

नेपालका वसन्त थारुले एक घण्टा तीन मिनेट छ सेकेण्डमा तोकिएको दूरी पार गरी काश्य पदक प्राप्त गरे । जारी साग खेलकूदमा ट्रायथोलन, डाइथोलन र मिक्स इभेण्टमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । मङ्गलबार डाइथोलन र बुधबार रिले इभेण्टमा प्रतिस्पर्धा हुँदैछ ।

पुरुषतर्फ नितेशले जिते कास्य

सागको पुरूष ट्रायथोलनमा नेपालका लागि नितेश मानन्धरले कास्य पदक जितेका हुन् ।

सोमबार पोखरामा भएको उक्त प्रतियोगितामा भारतले स्वर्ण र रजत पदक हात पार्न सफल भयो । भारका आदर्शमान सिनामोलले स्वर्ण पदक जिते भने रजत पदक पनि भारतकै अर्का खेलाडी विश्वजीत सकिमले जिते ।



Loading...
loading...

Top