logo
  • Thursday, August 22, 2019
  • वि.सं ५ भाद्र २०७६, बिहीबार

तिम्रै तस्विर – मिलन अधिकारी हाल दक्षिण कोरीया

वि.सं १३ बैशाख २०७६, शुक्रबार १५:२०
Blog single photo

हाल दक्षिण कोरीया रहनु भएका मिलन अधिकारीको रचना “तिम्रै तस्विर” ।

“तिम्रै-तस्विर”

जहाँ हुन्छु तिम्रै तस्विर, आँखा भरी आउँछ
आज भोली बनेर पिर, आँखा भरी आउँछ ।

भुल्छ अरे मायालाइ नी, कस्तो होला दबाइ
आर पार मुटुमा तिर, आँखा भरी आउँछ ।

सोझो चोखो कमस मिठो, तिम्रो मेरो खोइ त
मुल बनी फोरेर भिर, आँखा भरी आउँछ ।

हुन्न हाम्रो मिलन पक्कै, भइ छाड्यो विछोड
सम्झनाले छेडेर झिर, आँखा भरी आउँछ ।

जहाँ हुन्छु तिम्रै-तस्विर, आँखा भरी आउँछ
आज भोली बनेर पिर, आँखा भरी आउँछ
आँखा भरी आउँछ!!

 

तपाईहरूको पनि लेख रचना भए हामीलाइ पठाउन सक्नु हुन्छ । तपाइको परिचय समेत हामी प्रकाशन गर्ने छौं ।

हाम्रो इमेलः stimnews@gmail.com

फेसबुकमा www.facebook.com/stimnews

ट्विटरमा www.twitter.com/newsstim




Top