बाम प्यानलको हार, ठमेल पर्यटन विकास परिषदमा नेपाली कांग्रेस निकट प्यानल विजयी

प्रकाश नरसिंह राणा
Advertisement

बाम प्यानलको हार, ठमेल पर्यटन विकास परिषदमा नेपाली कांग्रेस निकट प्यानल विजयी

काठमाडौं । काठमाडौंको महत्वपूर्ण पर्यटकीय स्थल ठमेलमा क्रियाशिल ‘ठमेल पर्यटन विकास परिषद’को अध्यक्षमा प्रकाश नरसिंह राणा विजयी भएका छन् ।

शनिबार साँझ सम्पन्न निर्वाचनमा राणाले ३३३ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

राणाका संग चुनावी प्रतिस्पर्धामा उत्रिएका अर्जुनलाल प्रधानले २१३ र समिर गुरुङले मात्र ३६ मत प्राप्त गरे ।

राणाकै प्यानलबाट उम्मेदवार बनेका ध्रुव अधिकारी महासचिवमा विजयी हुदाँ उपाध्यक्षमा राजुमान डंगोल, भविश्वर शर्मा र गीता गुरुङ विजयी भएका छन् । त्यस्तै सचिवमा बद्रि प्रसाद तिमिल्सिना विजयी भएका छन् ।

कोषाध्यक्षमा पुण्यराम लगेजु चुनिएका छन्। सदस्यहरुमा दिनेश श्रेष्ठ, राजेन्द्र दुलाल, केशव बस्नेत, सुरेन्द्र श्रेष्ठ, कर्मा घले, स्वप्नील शर्मा, रुपेश गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ विजयी भएका छन् ।

ठमेलका पर्यटन व्यवसायीहरूको छाता संगठन परिषदमा करीव आठसय सदस्य आवद्ध रहेका छन् ।

परिषदको चुनावमा कुनै राजनीतिक दलनिकटको प्यानल तयार नगर्ने चर्चा रहेपनि चुनावी सरगर्मी बढ्दै जाँदा प्रष्ट रुपमा दलनिकट प्यानल खडा भएको थियो ।

निर्वाचनमा नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानल बनाएर चुनाव लडेका राणाको समूहले बहुमत हासिल गर्दा नेकपा निकट बाम प्यानल बनाएर मैदानमा उत्रिएका प्रधान समूहले पराजय भोगेको छ ।

Facebook Comments