logo
  • Tuesday, July 7, 2020
  • वि.सं २३ असार २०७७, मंगलवार

टिम ब्लडपलद्वारा रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

वि.सं १३ श्रावण २०७५, आईतवार २२:१०
टिम ब्लडपलद्वारा रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

टिम ब्लडपलद्वारा रक्तदान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

साउन १२, भक्तपुर/ टिम ब्लडपलद्वारा “जीबन रक्षा को निम्ति ऐक्यबद्दता” भन्ने नारा का साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

रक्तदाता हरुको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम भक्तपुरको कौसलटार स्थित ग्लोबल पाठशालामा सम्पन्न भएको थियो । रक्तदान सम्बन्धी ज्ञान दिने साथसाथै जीवनरक्षाका निम्ति रक्तदान गरौं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम संयोजक श्रीराम रायमाझीले स्टिम न्युजलाई बताए।

सोही कार्यक्रमको अवसरमा गत आईतबार आयोजित चित्रकला प्रतियोगिताका विजयी प्रतिस्पर्धीलाई पुरस्कार वितरण पनि गरिएको थियो। निर्णायक मण्डलको मूल्यांकन तथा फेसबुक भाेटिङ्गको को आधारमा विजेता छनोट गरिएको थियो। सीनियर र जुनियर समूहका विजेताहरूलाई ट्रफी र सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो।

जीवनरक्षाका निम्ति ऐक्यबद्धता भन्ने मूल नाराका साथ अघि बढेको टिम ब्लडपलले आवश्यक परेको बेला बिरामीलाई रक्तदाता खोज्न सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरु प्रयोग गर्न रहेको कुरा टिम ब्लडपलका प्रमुख सुशन कर्मचार्य ले बताउनु भयो।



Loading...
loading...

Top