logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

तपाईको आज: २०७६ जेष्ठ २७ गते सोमबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

वि.सं २७ जेष्ठ २०७६, सोमबार ०७:२६
Blog single photo

तपाईको आज: २०७६ जेष्ठ २७ गते सोमबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

आज २०७६ जेष्ठ २७ गते सोमबार, अंग्रेजी मिति जुन १०, २०१९ : राशिफल अनुसारको आजको तपाईको दिन यस्तो रहनेछ:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries): सन्तानबाट लाभ र सुख मिल्नेछ। दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन्। प्रेम वा दाम्पत्यमा आत्मीयभाव बढ्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus): उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउनेछन्। धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer): विश्वासपात्रले धोका दिनेछन्। वैदेशिक रोजगारीमा केही समस्या आउनेछन् । श्रम र उत्पादनको राम्रो मूल्य नपाइएला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo): काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला। मानहानि वा अपयशको सम्भावना छ। आर्थिक अभावले सताउनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo): मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ। तर्कशक्ति बढ्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ।

तपाइको यो साता,भाग्यमानी ३ राशि

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio): आफन्तजनसँग मनमुटाव बढ्न सक्छ। नसा वा जोर्नीसम्बन्धी समस्याले पनि सताउन सक्छ। समय प्रतिकूल रहेको छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius): कृषि र व्यवसायमा उन्नति हुनुका साथै मनग्य धन कमाउने अवसर जुट्नेछ। नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn): विशेष अध्ययनका लागि विदेशयात्रा सम्मको योग छ। साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): सोच्ने शक्ति बढ्ने छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्ने छन्। धनको धनको पनि वृद्धि हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces): सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला ।

राशिफल अनुसार जे जस्तो भनिएको भएपनि असल नियतले मिहेनत र लगनशीलतापूर्वक गरिएको काममा निश्चयनै सफलता प्राप्त हुनेछ । होशपूर्वक अघि बढ्दा बाधाव्यवधान र कष्टहरूलाई छिचोल्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Top