तपाईको आज: २०७६ जेष्ठ २८ गते मंगलबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

राशिफल
Advertisement

तपाईको आज: २०७६ जेष्ठ २८ गते मंगलबारको तपाईको राशिफल अनुसार यस्तो रहनेछ

आज २०७६ जेष्ठ २८ गते मंगलबार, अंग्रेजी मिति जुन ११, २०१९  राशिफल अनुसारको आजको तपाईको दिन यस्तो रहनेछ:

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries):

माताको स्वास्थ्य समस्याले सताउन सक्ला। दिनचर्या अव्यवस्थित रहन सक्छ। कारोबारमा सन्तोषजनक अवस्था रहला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):

आत्मविश्वासले भरिपूर्ण रहने समय छ। क्षणमै दुखि क्षणमै खुसिको भाव भने रहला। दिदीबहिनी दाजुभाइको साथ सानिध्य मिल्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini):

आत्मविश्वास बलियो रहला तर मानसिक तनावले भने सताउन सक्नेछ। पिता को स्वास्थ्य समस्याले सताउन सक्ला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer):

कार्यमामा रुचि बढ्ला। अधिक परिश्रम गर्नुपर्ला। कारोबारको क्षेत्रमा विस्तारको योग छ। कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo):

वाणीमा प्रभाव र सौम्यता रहला , तर चिढिने स्वभाव देखिन सक्छ। दिनचर्या अव्यवस्थित रहला। आयमा भने वृद्धिको योग छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo):

मनमा शान्ति एवं प्रसन्नताको भाव रहला। रोजगारको क्षेत्रमा परिवर्तनको योग छ। कार्यक्षेत्रमा पनि परिवर्तन संभव छ।

राशिफल

तपाइको यो साता,भाग्यमानी ३ राशि

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra):

मनमा आशा-निराशाको  मिश्रित भाव रहला। परिवारको साथमा धार्मिकस्थलको यात्राको कार्यक्रम बन्न सक्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio):

मनमा निराशा एवं असन्तोषको भाव रहला। स्वभावमा चिडचिडापन आउन सक्छ। जीवनसाथीको सहयोग मिल्नेछ। स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius):

आत्मविश्वासमा कमि आउला। घर-परिवारमा धार्मिक कार्य हुनसक्छ। दिनचर्या अस्तव्यस्‍त रहन सक्छ। अधिक खर्चले चिन्ता पुर्याउला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn):

मन अशान्त रहला। क्रोध एवं आवेशको अधिकताले सताउला। अनपेक्षित ठाउँमा खर्च वृद्धि होला। शैक्षिककार्यमा सफलताको योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius):

मनमा नकारात्मक विचारको प्रभाव बढ्ला। धैर्यशीलतामा कमी आउला। रोजगारको क्षेत्रमा पदोन्नतिको अवसर प्राप्त हुनसक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces):

धर्मकर्ममा श्रद्धा भाव रहला। मानसिक शान्ति प्राप्त होला। रोजगारको सिलसिलामा यात्राको योग छ। यात्रा लाभप्रद रहला।

राशिफल अनुसार जे जस्तो भनिएको भएपनि असल नियतले मिहेनत र लगनशीलतापूर्वक गरिएको काममा निश्चयनै सफलता प्राप्त हुनेछ । होशपूर्वक अघि बढ्दा बाधाव्यवधान र कष्टहरूलाई छिचोल्न सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

Facebook Comments