logo
  • Tuesday, July 27, 2021
  • वि.सं १२ श्रावण २०७८, मंगलवार

आर्थिक वर्ष २०७८/७९ बजेट: स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

स्टिम न्युज वि.सं १५ जेष्ठ २०७८, शनिबार १७:४८
आर्थिक वर्ष २०७८/७९  बजेट: स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि

Spread the love

काठमान्डौ: सरकारले स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सिंहदरवारमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्दै गतवर्ष भन्दा यसवर्ष स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रको एक खर्व २२ अर्ब ७७ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

उहाँले सरकारले कोरोना सङ्क्रमण न्यूनिकरणका लागि बजेट केन्द्रीकृत गरेको र बजेट अभाव हुन नदिने जानकारी पनि दिनुभयो । यस्तै सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि रु ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ । यस्तै सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ ।



Loading...
loading...

Top
Social Media Auto Publish Powered By : XYZScripts.com