logo
  • Thursday, August 13, 2020
  • वि.सं २९ श्रावण २०७७, बिहीबार

संकटमा कामु प्रधानन्यायाधीश जाेशी, चार दिनदेखि इजलाश बाहिर

वि.सं १५ श्रावण २०७५, मंगलवार ०६:११
संकटमा कामु प्रधानन्यायाधीश जाेशी, चार दिनदेखि इजलाश बाहिर

संकटमा कामु प्रधानन्यायाधीश जाेशी, चार दिनदेखि इजलाश बाहिर

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी चार दिनदेखि इजलास बस्न पाउनुभएको छैन । सर्वोच्च अदालत स्रोतका अनुसार दश वटा इजलासबाट बिभिन्न मुद्धा सुनुवाइ हुने भए पनि जोशीको उपस्थित हुनुपर्ने इजलाश गत बिहीबार, शुक्रबार, आइतबार र सोमबार बस्न सकेन ।

उहाँका विरुद्ध गम्भीर खालका पाँचवटा उजुरी परेपछि प्रधानन्यायाधीश पद नै संकटमा परेको छ । सर्वाेच्च स्रोत भन्छ–‘संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश जोशीले चित्त बुझ्दो जवाफ नदिएकाले र शैक्षिक प्रमाणपत्रमा समेत बिबाद देखिएकाले उहाँको पद नै संकटमा परेको हो ।

समिति सदस्यहरुले पर्याप्त छलफलका लागि बैठक स्थगित भएको बताउँदै आएका छन् । जोशीको अनुमोदन गर्ने नगर्ने निर्णय गर्न भोलि बुधबार साढे तीन बजे संसदीय सुनुवाइ समितिको बैठक डाकिएको नेपाल समाचारपत्रमा समाचार छ ।

गत बिहीबार प्रस्ताबित प्रधानन्यायाधीश जोशीले संसदीय सुनुवाइ समितीका सदस्यहरुले प्रश्न सोधेका थिए । पूँजिगत लाभकर विवादमा एनसेललाई फाइदा पुग्ने गरी लाभांश लैजान दिन अन्तरिम आदेश दिएको सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा जोशीले सो मुद्दा अदालतमा विधाराधीन भएकाले केही बोल्न नमिल्ने बताउनुभएको थियो । यस्तै न्यायपालीकामा भ्रष्टाचार भएको सम्बन्धमा सांसदहरूद्धारा सोधिएको प्रश्नमा उहाँले कसैले भ्रष्टाचार गरे कारबाही गरिने जबाफ दिनुभएको थियो ।



Loading...
loading...

Top