logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

सुनसरीमा पाँच महिनामा ७२ महिला र ६३ पुरुषद्वारा आत्महत्या

स्टिम न्युज वि.सं १६ आश्विन २०७६, बिहीबार ११:००
Blog single photo

इटहरी: सुनसरीमा पछिल्लो ५ महिनाको अवधिमा ७२ जना महिला र ६३ पुरुष गरी १ सय ३५ जनाले आत्महत्या गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार आत्महत्या गर्नेमा पुरुषको भन्दा महिलाको सङ्ख्या बढी छ ।

सुनसरी प्रहरीको तथ्याङ्कका अनुुसार ९५ जनाले विष सेवन गरेर र  ४० जनाले झुण्डिएर आत्महत्या गरेका छन्।  आत्महत्या गर्ने मध्य २० वर्षभन्दा कम उमेर समूहका १९ जनाले आत्महत्या गरेको देखिन्छ ।

आत्महत्या बढ्नुलाई प्रहरीले पारिवारिक कलह प्रमुख कारक ठानेको छ । घरायसी विवाद, झै–झगडा, गरिबीसँगै अशिक्षा र चेतनाको कमीका साथै केहीमा मानसिक सन्तुलन ठीक नहुनु जस्ता कारणले आत्महत्या गरेको अनुसन्धानमा देखिन आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपपी यज्ञविनोद पोखरेलले  बताए ।




Top