logo
  • Tuesday, January 21, 2020
  • वि.सं ७ माघ २०७६, मंगलवार

साढे चार वर्षको छोरोको हत्यापछि आमाद्वारा पनि आत्महत्या

वि.सं १५ श्रावण २०७५, मंगलवार १०:३९
साढे चार वर्षको छोरोको हत्यापछि आमाद्वारा पनि आत्महत्या

साढे चार वर्षको छोरोको हत्यापछि आमाद्वारा पनि आत्महत्या

कैलालीको बर्दगोरिया गाउँपालिका–२, कुम्भियामा एक महिलाले साढे चार वर्षका छोराको हत्या गरेपछि आत्महत्या गरेकी छन् । सो ठाउँकी २१ वर्षीया सीतादेवी डगौरा थारुले छोरा संकेत चौधरीको हत्या गरेपछि झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनले सोमबार अपरान्ह ३ बजे घरको कोठा भित्रबाट चुकुल लगाएर छोरालाई पासो लगाएर झुन्ड्याएर हत्या गरिन् । त्यसपछि आफूसमेत झुण्डिएर आत्महत्या गरेकी हुन्

श्रीमान लालबहादुर डगौरा थारुले ढोका लगाएर झुण्डिएको अवस्थामा दुबैलाई फेला पारेको र प्रहरीलाई जानकारी गराएको बताए ।



Loading...
loading...

Top
WP2Social Auto Publish Powered By : XYZScripts.com