logo
  • Monday, January 25, 2021
  • वि.सं १२ माघ २०७७, सोमबार

भारतीय कांग्रेसको अध्यक्ष महाधिवेशनले चुन्ने, तत्काललाई सोनिया गान्धीनै कार्यकारी अध्यक्ष

स्टिम न्युज वि.सं ९ भाद्र २०७७, मंगलवार ०८:३२
भारतीय कांग्रेसको अध्यक्ष महाधिवेशनले चुन्ने, तत्काललाई सोनिया गान्धीनै कार्यकारी अध्यक्ष

काठमाडौं: भारतीय कांग्रेसको नयाँ अध्यक्ष आगामी महाधिवेशनबाट टुँगो लाग्ने भएको छ । अर्को व्यवस्था नभएसम्म कांग्रेस कार्यसमितिले सोनिया गान्धीलाई नै अन्तरिम अध्यक्ष कायम गरेको छ ।

गान्धीले पनि उक्त प्रस्ताव स्वीकार गरेकी छन् । नेताहरु केसी वेणुगोपाल र रणदीप सुरजेवालाले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको जानकारी दिए ।

पार्टीमा सुधारको माग गरी सोनिया गान्धीलाई २३ नेताले पत्र लेखेका थिए । तर भारतीय कांग्रेसले उनलाई नै अन्तरिम अध्यक्ष बनाउने प्रस्ताव पारित गरेको हो ।

पार्टीका बारेमा खुला रुपमा पार्टी भित्रै छलफल हुनु पर्ने र पार्टीका आन्तरिक कुरा बाहिर गएको भन्दै बैठकमा चिन्ता व्यक्त गरिएको थियो । कार्यसमिति बैठकमा पार्टीका ५२ नेता सामेल रहेको महासचिव केसी वेणुगोपालले बताए । असामका पूर्व मुख्यमन्त्री तरुण गोगोई मात्रै स्वास्थ्यका कारण बैठकमा सहभागी हुन सकेनन् ।



Loading...
loading...

Top