चर्को घामबाट छालालाई जोगाउने यस्ता छन सजिलो घरेलु उपाय

घामबाट छालालाई जोगाउने
Advertisement

चर्को घामबाट छालालाई जोगाउने यस्ता छन सजिलो घरेलु उपाय

काठमाण्डौं : गर्मी मौसम सुरु भएसंगै कतै हिड्नु पर्याे वा दिउँसो बाहिर निस्किनु पर्याे भने एउटा ठुलो पिर हुन्छ, घामले डढिने । अब गर्मी मौसम सुरु भइसकेको छ । अनि कामकाजीहरुलाई दिउँसो बाहिर निस्कनै पर्ने हुन्छ । यस्तो बेलमा कसरी घामबाट छालालाई जोगाउने ?

घामबाट छालालाई जोगाउने यस्ता छन उपाय

यि उपाय अपनाएपछि स्विमिङ पुल, किनमेल, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन छ भने पनि घामकै कारण अब तपाइ रोकिनु पर्दैन् ।

  • घामले डढेको छालालाई फेरी उस्तै बनाउन वा छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसरी दिनमा दुई पटक नुहाउदा डढिसकेको छालाको दाग हट्छ ।
  • घामले डढेर छाला राता भएको वा फुटेको ठाँउमा काँचो आलुलाई पिसेर लगाएमा पनि फाइदा हुन्छ । यो लेप लगाएर केही बेर सुक्न दिएपछि नुहाउनुहोस् ।
  • जौंको पिठो हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ ।
  • घरमा यदी घ्युकुमारी छ भने पनि त्यसको प्रयोग गर्न सक्नु हुन्छ । ध्युकुमारीले छालालाई शितल बनाउछ । घ्युकुमारीको रस निकालेर केही समय फ्रिज राखेर चिसो बनाइ छालामा लगाउनुहोस्।
  • चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिरमा डढेको दाग हराउछ ।
  • काँक्रोलाई पिसेर तरल बनाइ रसलाई घामले डढेको शरीरका भागमा लगाउदा पनि कालोपन हराउछ ।
  • घामले डढेर कालो बनाएको छ भने कालो चिया पिउने मात्रै हैन् शरीरमा केही थोपा लगाउदा पनि फाइदा हुन्छ । चियापत्तीमा हुने एन्टि–अक्सिडियन्ट तत्वले घामबाट डढेको छालाको सौन्दर्यलाई पहिलेको झैँ बनाउछ ।
  • पुदिना पनि अर्को प्राकृतिक तथा घरेलु औषधि हो जसले तपाईको शरीरको सौन्दर्यलाई यथावत राख्न मद्धत गर्छ । दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालाको दाग हटाउन सक्नु हुन्छ ।
  • नरम सुति कपडालाई भिनेगरमा चोबेर घामले डढेको भागमा लगादा पनि दाग हटाउन सकिन्छ ।
  • सन ब्लक लोसन लगाएर घाममा निस्कनु पनि उत्तम उपाय हो । तर यस्तो लोसन घाममा निस्कनु भन्दा कम्तिमा आधा घण्टा पहिले लगाउनुस । अन्यथा यसले झन कालो बनाउँछ ।
  • यस्तै गर्मीयाममा आँखालाई समेत जोगाउनु पर्छ जसकालागि तपाईले घामबाट बच्ने ठूलो चस्मा लगाउने गर्नु राम्रो हुन्छ ।

माथीका टिप्सहरूबाट पक्कै पनि घामबाट छालालाई जोगाउने उपाय थाहापाउनु भयो होला । गर्मिमा अरू के के थप होसीयारी अपनाउनु पर्छ, विभिन्न समस्याको लागि घरेलु उपायहरू के के छन त्यस बारेमा पनि यहाँ पढ्दै रहनु होला

गर्मीमा पिउनुहाेस् यि पेयपदार्थ जसले शरीरलाइ दिन्छ पुर्ण शितलता

गर्मीमा घमौराबाट छुटकारा पाउन यी घरेलु उपायहरु अपनाउनुहोस्

मोजा, खु्ट्टा र काखी गन्हाएर हैरान हुनुहुन्छ ? यसरी गर्नुस दुर्गन्ध कम

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here