सुन्दर देखिन यि खानेकुराको सेवन गर्नुहास्, छालामा ल्याउछ अपत्यारिलाे चमक

Advertisement

सुन्दर देखिन यि खानेकुराको सेवन गर्नुहास्, छालामा ल्याउछ अपत्यारिलाे चमक

काठमाडौ : सुन्दरता सबैकाे लागी प्रिय हुन्छ । सुन्दर रहने प्रायकाे चाहाना हुन्छ र सुन्दर देखिने हाेडमा छालामा बिभिन्न किसिमका क्रिमहरू प्रयाेग गर्दछौ । बजारमा बिभिन्न प्रकारककाे ब्राण्डमा क्रिमहरू छन जसले छाला केेही समय सुन्दर देखिए ता पनि पछि  यसले धेरै असर गर्छ । प्राकृतिक रुपमा मुहारमा चमक ल्याउन सकियो भने त्यो लामो समयसम्म चल्ने गर्छ । प्रकृतिमा पाईने धेरै खानेकुराहरु रहेका छन् जसको नियमित सेवनले तपाईको छालामा प्राकृतिक रुपमा चमक ल्याउन सकिन्छ ।

ओखर:

ओखर छालाको लागि निकै गुणकारी खानेकुरा मानिन्छ । यसको दैनिक सेवनले छालालाई नरम बनाउनुका साथै प्राकृतिक रुपमा सुन्दर पनि बनाउछ । ओखरलाई खानुका साथै यसलाई पिधेर धुलो बनाएको पाउडरलाई फेसप्याकको रुपमा लगाउदा पनि यसले फाइदा गर्छ । यसलाई छालामा लगाउदा स्क्रबको काम गर्छ ।

डार्क चकलेट:

पश्चिमी मुलुकमा छालामा चमक ल्याउनका लागि चकलेट खाने चलन रहेको छ । अझ गाढा खैरो रंगको चकलेट छालाको लागि गुणकारी मानिन्छ । यसको नियमित सेवनले रक्तसंचारलाई राम्रो बनाएर मुहारको छालामा चमक ल्याउने काम गर्छ ।

किबी:

निकै स्वादिलो फलको रुपमा रहेको किबीमा भिटामिन सिको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो फलको नियमित सेवनले मुहारमा चमक ल्याउनुका साथै अनुहारमा रहेका खराव वा नष्ट भएका छालाहरुलाई हटाएर नयाँ आउन लागेको छालाको स्याहारमा बिशेष भुमिका निभाउछ ।

अण्डा:

अण्डामा प्रोटिनको मात्रा पर्याप्त मात्रामा हुने गर्छ । यो प्रोटिनले छालालाई धेरै नै फाइदा गर्छ । अण्डावाट प्राप्त भएको प्रोटिनले छालामा हुने चाउरीपनलाई रोक्नुका साथै छालामा चमक पनि ल्याउने काम गर्छ ।

पालुंगो:

छालाको चमकका लागि हरियो सागपात निकै लाभदायक मानिन्छ । यसमा पनि पालुंगोको साग अझ राम्रो हुन्छ । पालुंगोको सागमा भएको पोषक तत्वले बढ्दो उमेरमा छालामा आउने परिवर्तनहरुलाई रोक्ने काम गर्न मद्धत गर्छ । सधै सुख्खा छाला हुने ब्यक्तिले आधा गिलास पालुंगोको रसमा थोरै कागतीको रस हालेर पिउदा छालाको धेरै किसिमका समस्याहरु हटेर जान्छ । साथै पालुंगोलाई तरकारी, सुप र सलादको रुपमा खादा पनि छालालाई धेरै नै फाइदा गर्छ ।

ब्रोकाउली:

ब्रोकाउलीमा रहेको भिटामिन सि, तामा र फलामको गुणले छालामा देखा पर्ने धेरै किसिमका समस्याहरुलाई हटाउछ । ब्रोकाउलीमा रहेको एण्टीअक्सिडेन्टले बढ्दो उमेरमा देखापर्ने समस्याहरुलाई पनि समाधान गर्ने गर्छ ।

Facebook Comments