logo
  • Wednesday, February 19, 2020
  • वि.सं ७ फाल्गुन २०७६, बुधबार

नवरात्री बिशेष: पाँचौ दिन आज स्कन्द माता शक्तिरुपा देवीको पूजा आराधना गरिँदै

स्टिम न्युज वि.सं १६ आश्विन २०७६, बिहीबार ०७:५१
नवरात्री बिशेष: पाँचौ दिन आज स्कन्द माता शक्तिरुपा देवीको पूजा आराधना गरिँदै

नेपालीहरुको महान चाँड बडा दशैँको आज पाँचौ दिन। आजको दिनमा स्कन्द माता शक्तिरुपा देवीको पुजा अर्चना गरिन्छ । नवरात्रीको पाँचौ दिन आज अष्टमातृका भगवतीको पाँचौ शक्तिका रुपमा स्कन्द माता शक्तिरुपा देवीको पुजाअर्चना गर्ने परम्परा रहेको छ ।

भगवान स्कन्द ‘कुमार कार्तिकेय’कीकी माता भएकाले पनि यिनलाई स्कनदमाता भनिएको धार्मिकग्रन्थमा उल्लेख छ ।  स्कन्दमाताको वाहन सिंह हो भने उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ । उनलाई पद्मासना देवी पनि भनिन्छ ।

गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ।

नवरात्रको पाँचौ दिन आज स्कन्द माता शक्तिरुपा देवीको पुजाका लागि देशका शक्तिपिठ तथा मन्दिरहरुमा पुजा गर्नेको घुइँचो लागेको छ ।

 



Loading...
loading...

Top