logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

सिरहाको किसानलाई लक्षित गरि २ दिने तालिम सुरु

महेश सिंह वि.सं २ मंसिर २०७६, सोमबार २३:१३
Blog single photo

सिरहा। सिरहाको किसानहरुलाई मध्यनजर गर्दै २ दिने तालिम सिरहाको लहान नगरपालिका ११ मा २ दिने विउ विजन सम्बन्धी घुम्ती स्थलगत तालिम सुरु भएको छ। किसानहरुको अनबालीमा उपज ल्याउन र किसानहरुलाई सहि ज्ञान दिन उक्त तालिमको आयोजना गरेको थियो।

गुणस्तरीय विउविजन कसरी राख्ने र त्यो राखेको विउलाई कसरी जोगाउनने विउ कसरी चिन्ने जस्ता तालिमको उद्देश्य रहेको आयोजकले। स्थानीय सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ को समन्वय तथा प्रदेश नम्बर २ मा रहेको बीउ बिजन प्रयोगशाला जलेश्वर महोतरीको आयोजनामा सो तालिम सुरु भएको हो ।

लहान नगरपालिका ११ का वडा अध्यक्ष राज कुमार साहको प्रमुख अतिथ्यमा संचालित कार्यक्रमको अतिथिहरुमा विउ विजन प्रयोगशाला जलेश्वर महोतरीका निमिति प्रमुख श्रीप्रसाद यादव फरवार्ड नेपालको जिल्ला संयोजक सुदर्शन विष्ट वागवानी अधिकृत विजय कुमार साह, संचारकर्मीहरु लगायतका अतिहिरुले मन्तव्य दिनु भएको थियो ।

सलहेश फुलवारी विउ उत्पादन केन्द्र लहान ११ का अध्यक्ष सागर चौधरीको अध्यक्षतामा संचालित उक्त तालिममा सलहेश फुलवारी कृषक समुहमा आवद्ध २७ जना कृषकहरुको तालिममा सहभागीता रहेको अध्यक्ष चौधरीले बताए ।




Top