logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

गायिका कनिका कपुर अस्पतालबाट ‘डिस्चार्ज’

स्टिम न्युज वि.सं २५ चैत्र २०७६, मंगलवार १४:५७
गायिका कनिका कपुर अस्पतालबाट ‘डिस्चार्ज’

एजेन्सी। १५ दिनको उपचारपछि बलिउड पार्श्व गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी कनिका सोमबार बिहान डिस्चार्ज भएकी हुन् ।

उनी लखनउको एसजीपीजीआई अस्पतालमा मार्च २० मा भर्ना भएकी थिइन् । पाँच पटकसम्म उनको कोभिड १९ को रिपोर्ट पोजेटिभ आएको थियो । तर, शनिबार र सोमबार लगातार रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

उनी अस्पतालमा रहँदा उनले डाक्टरहरुलाई सहयोग नगरेको, स्टारडम देखाएको जस्ता खबर पनि मिडियामा आएका थिए ।

बेलायतबाट फर्किएपछि उनमा कोरोना संक्रमण भएको थियो । कनिकाले आफूलाई घर फर्किएर परिवारसँग बस्न मन लागेको बताएकी थिइन् ।



Loading...
loading...

Top