logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

नेपाललाई तेक्वान्दोमा सीना मादेनले दिलाइन् स्वर्ण

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १४:१५
Blog single photo

काठमाडौं : सीना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो र समग्रमा नेपालको लागि पाँचौ स्वर्ण पदक जितेकी छिन् । सीनाले १७ देखि २३ वर्ष महिला उमेर समूहको स्पर्धामा स्वर्ण जितेकी हुन् ।

सीनाले ८.१५० अंक जोड्दै स्वर्ण हात पारिन् । भारतकी रुपा बयोरले ८.१३० अंक जोड्दै रजत तथा श्रीलंकाकी मेन्डिस नामुन्नीले ७.९६० अंक जोड्दै कास्य पदक जिते । त्यसअघि भएको पुरुष २९ वर्ष माथिको समूहमा नेपालका रेजिन रिमाल चौथो भए । उक्त स्पर्धामा बंगलादेशका दीपू चक्माले स्वर्ण जितेका थिए ।




Top