logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

चलचित्र ‘च च हुई’को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

स्टिम न्युज वि.सं ५ भाद्र २०७६, बिहीबार १४:३३
Blog single photo

काठमाडौं: चलचित्र ‘च च हुई’ को पहिलो गीत ‘सिल्की सिल्की बाल’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर प्रेमिल मुद्रामा प्रस्तुत भएको गीतको भिडियोमा कलाकार भोलाराज सापकोटालाई पनि ठुम्का लगाएको देख्न सकिन्छ ।

राजनराज सिवाकोटी र मेलिना राईको स्वर रहेको गीतका संगीतकार राजनराज स्वयं हुन् । गीतको शब्द फिल्मका निर्माता अमृत घोले लामा, राजनराज सिवाकोटी र श्याम लामिछानेले लेखेका हुन् । सुशन प्रजापतिले खिचेको गीतका कोरियोग्राफर शिशिर खाती हुन् । गीतको अडियो सशक्त छ । सुशनले मुस्ताङ्ग चुसाङ्गको दृश्य कलात्मक ढंगले खिचेका छन् ।

यो फिल्म एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई साम्तेन भुटियाले निर्देशित गरेका छन् । फिल्मको पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । भने, सम्पादक निर्देशक स्वयंले गरेका छन्।

निर्माता अमृत घोले लामा हुन् । व्यवसायी घोले यही फिल्ममार्फत् निर्माणमा आएका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी, सुरज शाही ठकुरी र रोशन थापाको संगीत छ । भने, श्री श्रेष्ठको द्वन्द्व रहेको छ ।

चलचित्रमा आर्यन, मिरुना र भोलाराजसँगै पुस्कर गुरुङ, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्र मंसिर ६ मा नेपाली सिनेघरहरुमा लाग्दैछ ।




Top