logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी को पाँच तारे लक्जरी होटल भैरहवामा बन्दै

वि.सं २१ जेष्ठ २०७६, मंगलवार १८:४१
Blog single photo

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी को पाँच तारे लक्जरी होटल भैरहवामा बन्दै

कटेज रेष्टुरेन्ट, तीन तारे र चार तारे स्तरको होटलको संजाल संचालन गरिरहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ले भैरहवामा पाँच तारे लक्जरी होटल पनि संचालनमा ल्याउने भएको छ। समूहले भैरहवामा आगामी दुई वर्षभित्र सेवा शुरु गर्ने योजनाको साथ सिद्धार्थ इन्टरनेशनल होटलको निर्माण कार्य शुरु गरेको छ।

करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको होटल परिसरभित्र ८ तल्ले होटल भवन निर्माण गरिन लागेको छ। होटलमा ८५ भन्दा बढी कोठा रहने समूहका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले जानकारी दिए।

बुटवलमा कटेज रेष्टुरेन्ट र तीन तारे स्तरको होटल संचालन गरिरहेको सिद्धार्थ बिजनेशले लुम्बिनी घुमघाम गर्न आउने पर्यटक र व्यापारिक वर्गलाई लक्षित गर्दै पाँच तारे होटल निर्माण गर्न लागेको हो।

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी ले महेन्द्रनगरमा पनि जनाइ सकेको छ उपस्थिती

स्वदेशी लगानीको देशकै प्रतिष्ठित सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीले तीन दशक देखि महेन्द्रनगरमा सन्चालनमा रहेको होटल न्यु आनन्दसँग व्यवस्थापनको साझेदारी गरेको छ । होटल न्यू आनन्दसँगको यो साझेदारीसंगै महेन्द्रनगरमा सिद्धार्थ बिजनेश समूहको प्रवेश भएको छ ।

होटेल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी क्याफे, होटेल म्यानेजमेन्ट, इष्टिच्युट जस्ता हस्पिटालिटी क्षेत्रका ब्यबसायहरु संचालन गर्दै आएको सिद्धार्थ ग्रुपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दमा व्यवस्थापकिय साझेदारी सहित सेवा बिस्तार गरेको हो । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले महेन्द्रनगरमा पहिलो पटक व्यवस्थापकीय रुपमा साझेदारी गरेर शुरुवात गरिएको बताए ।

‘हामीले होटल व्यवसाय क्षेत्रलाई भरपर्दो र अझै गुणस्तर बनाउन तालिम सहितका जनशक्ति उत्पादनमा समेत काम गर्दै आएका छौं’ सीईओ न्यौपानेले भने,‘ व्यवस्थापकीय हिसाबले अन्यत्रका शाखाहरुमा प्रदान हुने सेवा महेन्द्रनगरमा होटल न्यु आनन्दले समेत प्रदान गर्नेछ।’ महेन्दनगर लगायत सुदुरपश्चिम प्रदेशमा होटल व्यवसायलाई थप गुणस्तरीय बनाउने उद्देश्यका साथ सिद्धार्थ ग्रुपले महेन्द्रनगर स्थित होटल न्यु आनन्दसंग सहकार्य गरेर हस्पिटालिटी सेवा प्रदान गरेको हो ।

सिद्धार्थ बिजनेश ग्रुपले महेन्द्रनगरमा आफ्नो सेवा सुचारुलाई ‘मनैले सुदुरपश्चिमलाई जोड्ने’ नारा दिएको छ ।  होटल न्यु आनन्दले ब्यबस्थापकीय साझेदारीको रुपमा महेन्द्रनगरमा ल्याएको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी नेपाल कै हस्पिटालिटी क्षेत्रको अग्रणी ग्रुप हो ।

सिद्धार्थ समूहले आफ्नै लगानीमा चारवटा तारे होटल, तीन रिसोर्ट र पाँचवटा कटेज संचालन गरिरहेको छ। यो समूहको होटल, रिसोर्ट र कटेज काठमाडौं, ललितपुर, तुम्लिङटार, बुटवल, नेपालगन्ज, सुर्खेत, चीसापानी(कर्णाली) मा संचालनमा छन्।




Top