logo
  • Monday, December 16, 2019
  • वि.सं ३० मंसिर २०७६, सोमबार

चतराका सिद्धबाबालाई चार दिन थुनामा राख्न अनुमति

स्टिम न्युज वि.सं १६ मंसिर २०७६, सोमबार १४:५६
Blog single photo

सुनसरी । बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरी अदालत पेश गरेको छ ।

विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो । बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिइ ह्विल चियरमा अदालत लगेको हो । अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए ।

उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो। अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरू उनलाई जोगाउन लागिपरे पनि अन्ततः उनी पक्राउ परेका हुन् । आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो । महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो ।

गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ। २ नं. इजलासका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले ४ दिनको म्याद थप गरेको हो । ४ दिनभित्र प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नुपर्छ। ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरि म्याद थप गर्न सक्छ ।




Top