logo
  • Saturday, December 14, 2019
  • वि.सं २८ मंसिर २०७६, शनिबार

चलचित्र ‘शिबम्’ प्रदर्शनको तयारीमा, दशैंको अवसर पारेर प्रदर्शन गरिने

स्टिम न्युज वि.सं २५ भाद्र २०७६, बुधबार १५:३०
Blog single photo

काठमाडौं: सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएसँगै राजु गिरीद्वारा निर्देशित चलचित्र ‘शिबम्’ प्रदर्शनको तयारी गरिएको छ । यो चलचित्र दशैंको अवसर पारेर यही असोज १७ गतेदेखि देशब्यापी प्रदर्शन हुन लागेको छ ।

एस. के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतले अभिनय गरेका छन् ।

श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् ।




Top