logo
  • Saturday, October 31, 2020
  • वि.सं १५ कार्तिक २०७७, शनिबार

शिक्षकलाई विद्यालय पुग्न निर्देशन

स्टिम न्युज वि.सं ११ आश्विन २०७७, आईतवार ०८:०६
शिक्षकलाई विद्यालय पुग्न निर्देशन

काठमाडौं: वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए । पोखरेलले शिक्षकको कोरोना भाइरस बीमा गरिएको स्पष्ट गर्दै सम्बद्ध जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताए ।

शिक्षक विद्यालयमा नपुगेसम्म वैकल्पिक विधिको सिकाइ सफल हुन नसक्ने उनको भनाइ छ । अभिभावकसँग सम्पर्क कायम गरी सिकाइ सहजीकरण निर्देशिका र विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजनाको कार्यान्वयनमा जुट्न उनको निर्देशन छ ।

मन्त्री पोखरेलले कोरोना सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्ने कुरामा हतार नगर्न आग्रह गरेका छन् । कात्तिकसम्म कोरोना सङ्क्रमण बढ्ने अवस्था देखिएकोले तत्काल भौतिक रूपमा विद्यालय खोल्न हतार नगर्न र वैकल्पिक विधिबाटै सिकाइ बढाउन उनले स्थानीय सरकारलाई आग्रह गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ।



Loading...
loading...

Top