logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्

स्टिम न्युज वि.सं ६ माघ २०७६, सोमबार १७:५०
उपसभामुख तुम्बाहाङफेले राजीनामा दिइन्

काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी छन् । सोमबारदिउसो प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा घोषणा गरेकी हुन् ।

संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

 

बालुवाटारमा सोमबार बिहान प्रधानमन्‍त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलपछि संसदको बैठक अघि नै राजीनामा दिनका लागि उपसभामुख शिवमायालाई निर्देशन दिइएको थियो।



Loading...
loading...

Top