logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

सेयर–बजार : नेप्से आज १२ दसमलव ८३ अंकले बढ्याे

वि.सं १२ बैशाख २०७६, बिहीबार १५:५५
सेयर–बजार : नेप्से आज १२ दसमलव ८३ अंकले बढ्याे

सेयर-बजार : नेप्से आज १२ दसमलव ८३ अंकले बढ्याे

काठमाडौं : नेप्से सुचक तथा कारोवार रकम दुुबै नै आज पनि बढेका छन । नेप्से आज १२ दसमलव ८३ अंकले बढेर १२ सय ९२ दसमलव १२ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ७३ अंकले बढेर दुुई सय ७९ दसमलव ६७ अंकमा पुुगेको छ ।

एक सय ७६ कम्पनीहरुको १३ हजार एक सय ४८ वटा कारोवारमा ४५ लाख २१ हजार नौ सय ६६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ३५ करोड ८४ लाख १५ हजार नौ सय ७७ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक १० दसमलव नौ अंकले बढेर ११ सय ९७ दसमलव ६९ अंकमा पुुगेको छ ।



Loading...
loading...

Top