सेयर-बजार : नेप्सेमा ३१ अंकको उच्च बृद्धि

अंकको सुधार
Advertisement

सेयर-बजार : नेप्सेमा ३१ अंकको उच्च बृद्धि

काठमाडौं : साताको पहिलो कारोवार दिन आज आईतबार नै नेप्सेमा उच्च अंकले बृद्धि भएको छ ।नेप्से आज ३१ दसमलव ८९ अंंकले बढेर १२ सय ६४ दसमलव २० अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८४ अंकले बढेर दुुई सय ७३ दसमलव ४१ अंकमा पुुगेको छ ।

एक सय ७१ कम्पनीहरुको १० हजार पाँच सय ४६ वटा कारोवारमा ३३ लाख २७ हजार चार सय ८० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब दुुई करोड चार लाख ३३ हजार चार सय ३९ रुपैयाँ पुुगेको छ ।१० वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक घटेकाछन भने आठ वटा समुहको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव ९४ अंकले बढेर ११ सय ६७ दसमलव ६३ अंकमा पुुगेको छ ।

Facebook Comments