logo
  • Saturday, October 19, 2019
  • वि.सं २ कार्तिक २०७६, शनिबार

के हो स्क्रब टाइफस रोग, कसरी लाग्छ ?

स्टिम न्युज वि.सं ३१ भाद्र २०७६, मंगलवार १०:५७
Blog single photo

खेतबारी वा झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस संक्रमण हुन्छ । झाडीमा बस्ने परजीवी (किर्ना) भित्र हुने ‘ओरेन्सिया सुसुगामोसी’ नामक जीवाणु शरीरभित्र प्रवेश गरेपछि यसको संक्रमण हुन्छ ।

यो परजीवी घाँस, झाडीमा बस्ने भएकाले घरभित्र मुसा पसेर किर्ना छोडेमा घरभित्रै पनि यो परजीवीले टोके स्क्रब टाइफसको संक्रमण हुन्छ ।

किर्नाले टोकेको ५ देखि ६ दिनमा व्यक्तिलाई ज्वरो आउने, शरीरमा रातो बिबिरा आउने, शरीर दुख्ने, ग्रन्थि सुन्निनेलगायत लक्षण देखिन्छन् । कतिपयको यो परजीवीले टोकेको भागमा कालो दाग देखिन्छ । कसैको भने दाग नदेखिन पनि सक्छ । यो रोग मानिशबाट मानिसमा भने सर्दैन

पहिलो पटक यो रोग सन् १९३० मा जापानमा देखा परेको थियो । सन् १९४४ तिर दोश्रो विस्वयुद्धमा अमेरिकी सेनामा पनि यो रोग देखा परेको थियो। यो रोगको किटाणु बोक्ने माइट झाडी ( साना साना बोट बिरुवा) मा बस्ने हुनाले युद्धमा खटिएका सेनाहरु जंगलका झाडी हुँदै हिड्दा उक्त माइटले टोकेको र टोक्ने क्रममा ओरेन्सिया सुसुगमुसी नामक परजिवी पनि शरिरमा छोडेकोले उनिहरुमा यो रोग लागेको देखिएको थियो । यो रोगको संक्रमण सबै ठाउमा नभएर बिशेश स्थानमा मात्र भेटिएको थियो ।

बिशेष गरी दोश्रो बिश्वयुद्धताका यो रोग प्रशान्त महासागरिय क्षेत्रका ग्रामिण इलाकामा भेटिएको थियो। यो रोगमा ज्वरो आउने हुनाले यसलाई सुरुसुरुमा सिचिटो फिवर  ( Shichitō fever )  वा ह्याट्सुका फिवर (Hatsuka fever )  भन्ने गरिन्थ्यो ।

लक्षण

– ज्वरो आउने ।
– शरीरमा राता बिबिरा देखिने ।
– बान्ता हुने ।
– खान मन नलाग्ने ।
– आँखा रातो हुने ।
– टोकेको भागमा कालो दाग बस्ने ।

रोग समयमै उपचार नगरेमा वा जिर्ण बन्दै गएको खण्डमा कलेजो, मिर्गौला, फोक्सो, मुटुलगायत अङ्गमा सङ्क्रमण फैलिई बिरामीको मृत्युसमेत हुन सक्छ ।

उपचार

यो रोग पहिचान गरी उपचार गर्न सकिन्छ। औषधिको रुपमा एन्टिबायोटिक प्रयोग गर्नु पर्ने हुन्छ ।

डक्सी साइक्लिन (  doxycicyline ), एजिथ्रोमाइसिन (azithromycin ), क्लारामफेनिकल (Chloramphenicol), रिफाम्पिन ( Rifampin) सिप्रोफ्लोक्सिन (Ciprofloxacin) मध्य  कुनै एक औषधि पाँचदेखि दसदिन प्रयोग गर्दा यो रोग ठिक हुन्छ । तर गर्भवती महिलाले भने सिप्रोफ्लोक्सिन (Ciprofloxacin)  प्रयोग नगरि अन्य मात्र प्रयोग गर्नु उचित हुन्छ ।

रोकथाम 

-किटाणु सार्ने माइटको सम्पर्क बाट टाढा रहने

-झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउने

-झाडी या बारीमा जथाभावी नबस्ने, सीधै नसुत्ने

-बारीमा जाँदा नांगो खुट्टाले नजाने / लामो बुट लगाउने

-खेतबारीमा जाँदा पन्जाको प्रयोग गर्ने




Top