विधालयको शौचालयको खाल्डोमा परि कम्तिमा चार बालबालिकाको मृत्यु

शौचालयको खाल्डोमा
Advertisement

विधालयको शौचालयको खाल्डोमा परि कम्तिमा चार बालबालिकाको मृत्यु

दार्चुला : दार्चुलामा विधालयको शौचालयको खाल्डोमा परि कम्तिमा चार बालबालिकाको मृत्यु भएको छ।

मंगलबार नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माविको शौचालयको खाल्डो छोप्ने सिमेन्टको ढक्कन भत्किदा ती बालबालिकाको मृत्यु भएको हो ।

विद्यालय बन्द रहेको समयमा साढे चार बजेतिर विधालयमा खेलिरहेका बेला शौचालयको पुरानो खाल्डोमा परि ५ देखि ९ वर्षसम्मका बालबालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अन्दाजी ८ वर्षीया निरुता ठगुन्ना, १० वर्षीया अनुष्का धामी, ५ वर्षीया युनिका ठगुन्ना र ८ वर्षीय सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

अझै शवहरु फसेको हुनसक्ने भन्दै प्रहरी टोली तथा स्थानीयले उद्धार कार्य जारी राखेको प्रहरी चौकी सिप्टीका प्रहरी सहायक निरीक्षक देवदत्त भट्टले जानकारी दिए ।

Facebook Comments