logo
  • Tuesday, May 26, 2020
  • वि.सं १३ जेष्ठ २०७७, मंगलवार

जसका पसिनाको विप्रेषणले देशको अर्थतन्त्र चलीरहेछ सरकार तिनै प्रति कठोर नभईदेउ!

गणेश बिष्ट वि.सं २३ चैत्र २०७६, आईतवार १०:३८
जसका पसिनाको विप्रेषणले देशको अर्थतन्त्र चलीरहेछ सरकार तिनै प्रति कठोर नभईदेउ!

अस्ती कैलालीको गौरीफान्टामा नेपाल छिर्ने भिडमा मेरो मामाको छोरा पनि रहेछ अनि भन्दै थियो दाइ फसिएछ नि केहि गर्नु पर्यो भनेर, सायद लाग्यो होला दाइ काठमाडौंमा छ केहि गरि हाल्छ कि भनेर , भाइलाई लाग्यो होला काठमाडौं छिर्ने बित्तिकै के के न हुन्छ भनेर, तर भाइ मेरो पनि त को छ र या सरकार सम्म कुरा पुर्याई दिने , अनि मैले भने भाइ म पनि सुदुरपश्चिमकै हो हाम्रो कुरा सुनिदिने को छ र काठमाडौंमा हामि सुदुरपस्चिमेली त पहिले बाटै हेपिएका ! अब १/२ दिनमा १ पटकको लागि खोल्ने समाचार छ अनि आउनु भने ।

त्यति बेला अनायासै मुखबाट त्यस्तो कुरा निस्के पनि अहिले सोच्दा चाहि मनमा एउटा कुरा खेल्छ ति नेपालीहरु भारतमा चौकी दारी गर्ने वर्ग नहुदो हो त वा तिनीहरुका लागि सरकारलाई दवाब दिन सक्ने कोइ हुदा हुन त अहिले सम्म केहि व्यवस्था भैसक्दो हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बिचारा भारतमा चौकीदारी गरेका भन्थे केहि गर्थेकी (अरु त केहि गरेका छैनन्) अब सिमाना जस्तो कुरो संघिय सरकारको क्षेत्राधिकार भित्र पर्ने कुरा भएछ।

सरकार किन साच्चै यति अनुदार भएको आफ्नै नेपालीहरु प्रति ! किन ति महाकाली पारि बाट मलाइ मेरो देश आउन देउ भन्ने नाराको रोधन सुनी रहेको छैन। सरकार सायद केहि भुली रहेको त छैन ? नेपालमा आउने कुल विप्रेषणको १४ दशमलव २ प्रतिशत (जुन कता र पछी दोस्रो हो) तिनै सीमामा अलपत्र आफ्नै घर आउन देउ भनेर गिडगिड़ाई रहेका नेपालीको पसिना हो भेनेर, यो समय तिनीहरुलाई नै आफ्नो देश भित्र आउन दिने कुरामा किन यता बेवास्ता, कि सधै झैँ सुदुरपस्चिमको समस्या सरकारको लागि सुदुर नै भएछ ।

सुरुको दिनमा सबैलाइ ल्याउन गाह्रो थ्यो होला तर अब त १५ दिन बेसी भैसक्यो । अहिले सम्म त केहि ब्यबस्थापन गर्न सक्नु पर्थ्यो।  नेपालमा रहेका अन्य देशका राजदुतावासहरुले आफ्ना देशका नागरिक खोजि खोजि लाने अनि हामि चाहि सिमानामा आइसकेका नेपालीलाई आउन नदिने,  यो कतिको न्यायसंगत  हो ? गएको एक हप्तामा मात्र नेपाल बाट ३०२ जना अमेरिकी, २५० जना अस्ट्रेलियन, १०७० जना युरोपियन आफ्नो राजदुतावास मार्फत आफ्नो देश फिर्ता भएका छन । कि त नेपाल सरकारले यिनीहरुलाई पागल हुन भन्नु पर्यो होइन भने कुनै पनि राम्रो सरकारले आफ्नो देशको नागरिक प्रति गर्नु पर्ने कर्तब्य यहि हो ?

मेरो बुवा जो मुम्बइमा हुनुहुन्छ र अहिले सम्म मालिकले दिएको घरमा बसी राख्नु भएको छ र त वहाँ दिनहु घर आउन पाको भए हुनेथ्यो भन्नु हुन्छ । भन्नु हुन्छ सेठको के भर कति बेला निकाली दिन्छ भनेर, जो नेपाली बिगत एक महिना देखि काम बाट निकाली सकिएका छन र जसलाई बस्नलाई केहि छैन उनिहरु अब घर नआएर  कता जाउन त ? रहरले आफु बस्ने ठाउ छोडेर सीमामा आएका होइनन उनीहरु, आखिर घर के का लागि नै हो र ? यदि दुख पर्दा ओत लाग्न मिलेन भने ! म नेपाली हु भनेर गर्ब गर्नु पर्ने कारण बचाई राख सरकार उनीहरुमा।  आखिर त्यो घर र त्यो नेपाल दुखको बेला काम लागेन भने मेरो प्राथना छ के का लागि देशलाई सम्मान गर्नु भनेर कसैले नभनोस ।

भारतले आफ्नो देशकै नागरिक जसरी ब्यबस्था गर्छ रे,  सरकार कसरि बिस्वास गर्न सक्छ यस्तो कुरामा ?  राम्रै अवस्था दशैमा घर आउदा सीमामा लुटिने नेपालिहरु अहिले यस्तो अवस्थामा भारतीय प्रहरी र सरकार बाट राम्रो हेरचाह पाउछन भनेर विश्वास गर्नु भनेको मुर्खता बाहेख केहि पनि होइन । आखिर भारतमा बिकसित देशको जस्तो स्वास्थ्य सुविधा पनि त छैन नि । नत्र ठिकै छ नेपालमा राम्रो छैन त्यतै बस्दा ठिक हुन्छ भन्थ्यौं । स्मरण रहोस हामीले हामीले अमेरिका, अस्ट्रलिया, जापान, बेलायत लागायतका देशबाट नेपाल ल्याउनु पर्छ भनेका छैनौ किनकि कोरोना संक्रमण भैहाल्यो भने नेपालीहरु यता भन्दा ति देश हरुमै सुरक्षित रहन्छन।

तसर्थ मेरो कुरा सरकार कहाँ पुग्छ भने मेरो अनुरोध छ मेरो बिन्ति छ सरकार संग हामीले धेरै ढिलो गरि सक्यौ र अझै ढिलो नगरौ । सीमामा रहेका ति हजारौ नेपालीलाइ बरु आउने बितिक्कै क्वारेन्टाइनमा राख्ने ब्यबस्था गरौ तर आउन दिऔँ ।  मरे पनि कम्तिमा आफ्नै देशमा अन्तिम शास फेर्ने ब्यबस्था गरौ ।  होइन भने घरमा हुदा कम्तिमा भोकै बस्नु नपर्ने बाध्यता सिमानामा हुनेछ र कोरोना भन्दा पहिले भोकमरिले मर्ने छन् हाम्रा नेपालि दाजु भाइ दिदि बहिनिहरु,  सबै इन्द्रजित खत्री हुन खोज्ने छन र कतिले महाकालीको बिचमै ज्यान गुमाउनु पर्ने छ ।



Loading...
loading...

Top