logo
  • Wednesday, September 18, 2019
  • वि.सं १ आश्विन २०७६, बुधबार

सरकार दुई तिहाईको बलमा संविधान र कानुन भन्दा माथि उठ्न खोजेको जोशीको आरोप

वि.सं ३१ जेष्ठ २०७६, शुक्रबार ११:२३
Blog single photo

सरकार दुई तिहाईको बलमा संविधान र कानुन भन्दा माथि उठ्न खोजेको जोशीको आरोप

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन जोशीले ओली सरकार दुई तिहाईको बलमा संविधान र कानुन भन्दा माथि उठ्न खोजेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाए ।

नेता जोशीले सरकारले प्रेसलाई अंकुश लगाउदै देशलाई एक दलिय अधिनायकवाद तर्फ लैजान खोजेको आरोप लगाए ।

राष्ट्रिय जागरण अभियानका प्रतिनिधि समेत रहेका उनले सरकार भ्रष्टचारमा लिप्त रहेको समेत दावी गरे ।

ओली नेतृत्वको बर्तमान नेकपाको सरकारले जनताका आकांक्षा पुरा गर्न नसक्ने जोशीले दावी गरे ।

नेता जोशिले सरकार भ्रष्टचारलाई संस्थागत गर्न लागिपरेको आरोप लगाए ।

कांग्रेसका नेतालाई दोषी देखाएर सरकारले भ्रष्टचारीलाई संरक्षण गरेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै उनले भ्रष्टचारमा मुछिए कांग्रेसकै नेताको पनि सती जान नसकिने स्पष्ट पारे ।

वाईडबडी,एनसेललगायतमा भएको भ्रष्टचारको छानविन गरेर भ्रष्टचारीलाई तत्काल कारबाहि गर्न नता जोशीले सरकारसंग माग गरेका छन् ।

राष्ट्रिय जागरण अभियानको सन्दर्भमा बोल्दै उनले नेपाली कांग्रेसले सम्पन्न गरेको पहिलो चरणको राष्ट्रिय जागरण अभियानले कास्कीका कार्यकताहरुमाझ उत्साह ल्याएको बताए ।

वैशाख २५ गतेबाट सुरु भएको १ महिने जागरण अभियानले कार्यकतामा हौसला बढेका उनको दावी थियो ।

निर्वाचनपछि जनतासंग संवादको कमि रहदै आएकोमा जागरण अभियानले कार्यकतालाई जनता माझ जान सहज भएको समेत उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्का वक्ता नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले जागरण अभियान प्रभावकारी भएको बताए ।

उनले जागरण अभियानले पार्टी संगठनको सदृढीकरणका लागि महत्वपूर्ण भूमिका खेलेको बताए ।

अभियानका क्रममा कास्कीका ७२ ईकाइमा ४ सय प्रतिनिधिहरुले पार्टीलाई मजबुत बनाउनका लागि सुझाव संकलन गरेको नेता केसीले जानकारी दिए ।

संकलित सुझावलाई केन्द्रमा पठाइने केसीले बताए ।

अभियानका क्रममा निर्वाचनका बेला भएको घात अन्तर्घातहरूको समिक्षा गर्दै आगामी दिनमा एक भई अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रम नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देलको सभापतित्वमा भएको थियो ।

उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत मन्तव्य राखेसंगे शुरू भएको कार्यक्रमको सञ्चालन सचिव प्रदिप पौडेलले गरेका थिए ।

प्रचण्डको हत्या गर्ने योजना नभएको विप्लप नेतृत्वको नेकपाको प्रस्टोक्ति




Top