logo
  • Monday, August 19, 2019
  • वि.सं २ भाद्र २०७६, सोमबार

बार्सिलोना र इएबार बिच खेल बराबरी, मेस्सीले राखे सर्वाधिक गाेलकर्ताकाे रेकर्ड 

वि.सं ६ जेष्ठ २०७६, सोमबार ११:०९
Blog single photo

बार्सिलोना र इएबार बिच खेल बराबरी, मेस्सीले राखे सर्वाधिक गाेलकर्ताकाे रेकर्ड

काठमाडौं : स्पेनिस ला लिगा फुटबलको च्याम्पियन टोली बार्सिलोना आफ्नो अन्तिम खेलमा बराबरीमा रोकिएको छ । यसअघि नै लिगको उपाधि आफ्नो बनाइसकेको बार्सिलोना आइतबार राति भएको इएबारसँगको खेलमा २–२ गोलको बराबरीमा रोकिएको हो ।

इएबारको घरेलु मैदानमा भएको उक्त खेलमा बार्सिलोना १२औं स्थानको टोलीसँग बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि दुवै गोल कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले गरेका थिए । यस्तै इएबारका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले समान एक–एक गोल गरे । खेलमा गोलको सुरुआत इएबारले गरेको थियो । उसका लागि मार्कले खेलको २०औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाए । तर, मेस्सीले खेलको ३१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको एक मिनेट पनि बित्न नपाउँदै मेस्सीले दोस्रो गोल गरे ।

यस्तै खेलको ४५औं मिनेटमा घरेलु टोली इएबारका लागि पाब्लो डीले गोल गर्दै खेल २–२ को बराबरीमा ल्यायो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । र, दुवै टोलीले बराबरी अंक बाँडे । इएबार विरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनको सर्वाधिक गोलकर्ता बनेका छन् । सबैखाले प्रतियोगितामा ५०औं गोल पूरा गरेका मेस्सीले ला लिगामा यस सिजन ३६ गोल गर्दै सर्वाधक गोलकर्ता बनेका हुन् । ला लिगाको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रियल मड्रिडका करिम बेन्जेमा छन् भने तेस्रो स्थानमा बार्सिलोनाकै लुइस स्वारेज छन् ।

Top