logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

सेवा विस्तार गर्दै सिरहाको सप्तऋषि अस्पताल

वि.सं ४ श्रावण २०७६, शनिबार ०८:४५
Blog single photo

सेवा विस्तार गर्दै सिरहाको सप्तऋषि अस्पताल

महेश सिंह महतो, लाहान: सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्न लागेको अस्पतालले जानकारी दिएको छ।  शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष साहले जानकारी दिएका हुन्।

बिगतको बर्ष भन्दा अझ सुलभ र सेवा प्रदायक तथा सुविधायुक्त बनाउने उदेश्यले सबै किसिमको विरामीहरुलाई सुलभ दरमा सेवा प्रदान गर्ने उदेश्यका साथ आफ्नो सेवा विस्तार गर्न लागेको डा. साहले बताए ।

हस्पिटलले निरन्तर सेवा इमर्जेन्सी, प्रसुती ,ओप्रेशन,फार्मेसी,ल्याबोरेटरी,विडियो एक्सरे,फिजियोथेरापी , डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा दिदै आइरहेको छ ।

यस आर्थिक वर्ष देखि अस्पतालले एनआइसीयु, हाइ केयर युनिट, सिटि स्क्यान, पेयिंग वार्ड, एच ए , सिएम ए र नर्सिङ्गको ट्रेनिंग, इन्टर शिप जव, सीएमइ संगै वर्कशोप लगायतका सेवा सुविधाहरु सुचारु गरेको सप्तऋषि अस्पतालका संचालक डाक्टर पशुपति चौधरीले जानकारी दिए।

अस्पतालले आउने दिनहरुमा विरामीहरुलाई मध्यनजर गर्दै सेवामुखी सेवा प्रदान गर्ने उदेश्यका साथ ,प्रत्येक बुधबार ओपिडी सेवामा ५० % छुट,र प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरु लाई ओपिडी सेवामा ५०% छुट,दिने गरेको निर्णय गरेका समेत बताए  ।

अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार नि:शुल्क स्वास्थ्य शिविर र प्रत्येक शुक्रबार मधुमेह र थाईराइड ,चेकजाँचमा ५०% छुट, गरिने र प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५०% छुट संगै प्रत्येक आईतबार सिटिस्क्यानको मात्र हुने संचालक / निर्देशक डाक्टर चौधरीले बताए।

रकम निकासा नहुदा आमा सुरक्षा कार्यक्रम बन्दहुने अवस्थामा

आमा सुरक्षा कार्यक्रम शुरु भएको ९ वर्ष पुरा भएता पनि विगत २ आर्थिक वर्ष देखि बजेट निकासा नहुँदा आमा सुरक्षा कार्यक्रम उधारोमा चलाउन बाध्यता रहेको निर्देशक डाक्टर चौधरीले दुखेसो पोखे ।

अस्पतालमा सुत्केरी हुन आउने प्रसूति महिलालाई दिने रकम निकासा नहुँदा विगत २ आर्थिक वर्ष देखि फोन नम्बर लेखेर डिस्चार्ज गर्ने गरेको उनले बताए  ।

प्रसूति महिलाका लागि प्रदेश सरकारले उपलब्ध गराउने रकम निकासा नहुँदा उधारोमै प्रसूति सेवा दिन बाध्यता भएको अस्पतालले जानेको छ  । ०७४-७५ को वैशाख देखि असार सम्म ०७५/७६ को चैत सम्म प्रसूति सेवा उपलब्ध गराए बापत अस्पतालले पाउने प्रोत्साहन बापतको रकम, चारपटक स्वास्थ्य जाँच गराएको र यातायात भत्ताबापतको रकम चालू आर्थिक वर्षको चैत मसान्तसम्मको रुपैया सहित करिब १ करोड ७५ लाख रुपैयाँ बाँकी रहेको अस्पतालका प्रवन्धक रंजन चौधरीले जानकारी दिएका हुन ।

पछिल्लो दुई आर्थिक वर्षको बक्यौता रकम निकासा गर्न लहान नगरपालिकाको स्वास्थ्य सेवा विभाग, प्रदेश २ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य महाशाखामा पटक–पटक पत्राचार गर्दा पनि ‘वास्ता नगरेकोले  आमा सुरक्षा कार्यक्रम बन्द हुने सम्भावना सिर्जना भएको हो ।

महिनामा करिब ३ सय महिलाको प्रसुती मध्य  २५ देखि ३५ जना महिला शल्यक्रियाबाट सुत्केरीको सेवा लिईरहेको छ । आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रसुती र बच्चाका लागि झोला, बच्चा र आमाको कपडा संगै गाडी भाडा खर्च उपलब्ध गराउदै आएको अस्पताल स्रोतले जनाए ।




Top