सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च, बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह

0
सप्तकोशीमा खतराको,सतर्कता अपनाउन आग्रह,सप्तकोशीमा पानीको बहावले,सप्तकोशी ब्यारेजका
Advertisement

सप्तकोशीमा पानीको बहाव बर्षकै उच्च, बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह

इटहरी:२८ असार: अविरल वर्षाका कारण खोलानाला बढेपछि सप्तकोशी नदीमा जलसतह बढेको छ । सप्तकोसी नदीको चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

कोशीमा पानीको सतह र चाप बढ्दो क्रममा रहेकोले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैगरी बाढी सूचना/पूर्वानुमान शाखाले कमला नदी–धनुषा–तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएको छ ।

शाखाका अनुसार वर्षा हुने क्रम जारी रहने देखिएकोले आज दिनभरि नै धनुषा तथा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्र उच्च जोखिममा छ । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

Facebook Comments

Advertisement