logo
  • Monday, November 18, 2019
  • वि.सं २ मंसिर २०७६, सोमबार

सपनाको फल, सपनामा मरेको मान्छे देख्नु, सपनाको संकेत, सपनाको अर्थ के हुन्छ ?

वि.सं ३० जेष्ठ २०७६, बिहीबार १५:३०
Blog single photo

सपनाको फल, सपनामा मरेको मान्छे देख्नु, सपनाको संकेत, सपनाको अर्थ के हुन्छ ?

कस्तो सपनाको अर्थ के ? वैज्ञानिक सपनाको बारेमा के भन्छन त ? सपनाको फल, सपनामा मरेको मान्छे देख्नु, सपनाको संकेत अथवा सपनाको अर्थ के हुन्छ ? हामीलाइ यिनै कुराहरूले कौतुहलता थपि रहन्छ । सपनाको फल के मिल्छ त त्यसबारे जान्ने इच्छा हुन्छ ।

यस लेखमा हामीले तिनै सपनाको अर्थ, सपनाको फल कस्तो हुन्छ अनि कस्तो सपना देख्दा के हुन्छ त्यसको जानकारी दिँदै छौं ।

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो । सपनाको अर्थ र सपनाको फल का बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन ।

सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

तर स्विजरल्याण्डका शोधकर्ताले भने सपनाको वास्तविक अर्थ रहने र यसले मानिसको जिवनमा प्रभाव पार्ने तथ्य फेला पारेका छन् ।

स्विस मनोविज्ञ तथा मनोथेरापिष्ट कार्ल जंगले आफ्नो जिवनमा देखेका झण्डै २० हजार जति सपनाहरुको विश्लेषणको आधारमा त्यसलाई सैद्धान्तिकरण गरेका छन् र निष्कर्ष निकालेका छन् की व्यक्तिको मनोविज्ञान बुझ्न सपना महत्वपूर्ण माध्यम हो ।

त्यस्तै अमेरिकी साइको थेरापिष्ट कार्डर स्टउटले विभिन्न १० प्रकारका स्वप्नावस्थाहरुको विश्लेषण गरेका छन् ।
शोधकर्ताहरुको विश्लेषणका आधारमा यी सपनाको अर्थ यस्तो हुन्छ-

गर्भवती भएको सपना देखेमा सपनाको फल : आफु गर्भवती भएको सपना देख्नुको अर्थ हुन्छ तपाइँभित्र नयाँ जिवनको सुरुवात भएको छ अर्थात् नयाँ उर्जा तथा आइडियाको विकाश हुँदैछ । स्टउट भन्छन्-यसको अर्थ तपाइँले पुनर्जिवन पाउँदै हुनुहुन्छ, नयाँ मार्गतर्फ लम्किँदै हुनुहुन्छ अर्थात् जिवनमा काँचुली फेर्दै हुनुहुन्छ ।

भुतपूर्व पार्टनरको बारेमा सपना देखेमा सपनाको फल : यो सामान्य हो र यसको अन्य कुनै अर्थभन्दा पनि जिवनको एउटा क्षणको परावर्तन मात्र हो । तपाइँको भुतपूर्व प्रेमी वा प्रेमिका कुनै समय तपाइँको जिवनको अंग थियो । यदि तपाइँले कोही नयाँ मानिससँग डेटिङ गएको वा प्रेमालाप गरेको सपना देख्नुभयो भने ब्युँझिएपछि आफैलाई सोध्नुहोस् की त्यो मानिसले तपाइँको जिवनमा के अर्थ राख्छ ? उसको लागि तपाइँको मनमा ठाउँ भएकै हो ?

दाँत झरेको सपना देखेमा सपनाको फल : यसको अर्थ तपाइँको जिवनमा संक्रमणकाल चलिरहेको छ । तपाइँ यस्तो निरासा तथा कठिन परिस्थितिबाट गुज्रिँदै हुनुहुन्छ जहाँ प्रसस्तै परिवर्तन आत्मसात गरिरहनु परेको छ भने तपाइँले दाँत झरेको सपना देख्न सक्नुहुन्छ । तपाइँ रुपान्तरण हुँदै हुनुहुनछ भन्ने यसको अर्थ हुन्छ ।

यो पनि पढ्नुहोस

शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई कहिले नछोड्नुस् !

सपनामा जनावरहरु देखेमा के हुन्छ ?

मृत्युको बारेमा सपना देखेमा सपनाको अर्थ  – सपनामा मृत्यु तथा नयाँ जिवनको सुरुवातलाई एकै अर्थमा हेरिने मनोविज्ञ स्टउट बताउँछन् । मरेको सपना देख्नु भनेको तपाइँले अब कुनै चिज त्याग्दै हुनुहुन्छ जुन अहिलेसम्म तपाइँको जिवनको भाग थियो । बसिरहेको घर सर्दा, जागिर छाड्दा तथा सम्बन्ध विच्छेद गर्दा समेत मरेको सपना देख्ने सम्भावना हुन्छ ।

बारम्बार डराउने सपना देखेमा सपनाको अर्थ – मनोविज्ञ स्टउटका अनुसार हामीले जिवनमा धेरै नकारात्मक अनुभवहरु समेत बटुलेका हुन्छौँ र त्यसलाई आत्मसात गरेका हुन्छौँ जसले हामीमा संवेगात्मक घाउ सिर्जना गर्दछ । मानिसको मस्तिष्क यस्ता स्मरणहरु प्रति असहिष्णु हुन्छ र त्यसलाई सँगालेर राखिराख्नु भन्दा बारम्बार त्यसलाई उत्सर्जन गर्दछ । यो पीडादायी उर्जा डरलाग्दो सपनाका रुपमा बाहिर निस्किन्छ । कुनै विषयमा डरलाग्दो सपना देखिरहनुको अर्थ हुन्छ की त्यस विषयमा हाम्रो मस्तिष्कमा डर, चिन्ता तथा पीडा संचित छ र वास्तविक जिवनमा त्यसलाई सम्बोधन गर्नु आवश्यक छ ।

कोहीसँग प्रेम गरेको सपना देखेमा सपनाको फल – कोही नयाँ मानिससँग प्रेम गरेको सपना देखेर मख्ख परिन्छ सायद । तर मख्ख नपरे हुन्छ, किनकी यसको अर्थ त्यस्तो रोमान्चक छैन । सपनामा प्रेम गरेको देख्नु भनेको मानिस कृतघ्न छ र आफैप्रति इमान्दार छैन भन्ने कुराको द्योतक हो । तपाइँले आफैभित्र केही कुरा दबाएर राख्नुभएको छ, ध्यान दिइरहनुभएको छैन वा कृतघ्न बनिरहनुभएको छ भने तपाइँले कसैसँग प्रेम गरेको सपना देख्नुहुन्छ ।

काम तथा स्कुलको बारेमा सपना देखेमा सपनाको फल – स्टउटका अनुसार सपनामा परीक्षामा तयारी गर्न नसकेको, लेख्न नसकेको, काममा ढिलो भएको तथा मिटिङका लागि तयारी नगरेको जस्ता कुरा देखेमा बुझ्नुहोस् की तपाइँ खतरापूर्ण अवस्थामा हुनुहुन्छ । यो भनेको आफ्नो वास्तविक रुप, क्षमता तथा चरित्र आत्मसात गर्न नसक्ने तथा आफैप्रति डराउने वा आत्मविश्वास नभएका कारण हुन्छ । मनोविज्ञ स्टउटका अनुसार व्यवसायिक रुपमा मानिस सक्षम तथा इमान्दार देखिएपनि उसले आफ्नो व्यक्तिगत आयाम लुकाउन अनेक प्रयत्न गरिरहेको हुन्छ । सोही चरित्र मानिसको सपनामा प्रकट हुन्छ ।

१७० सपनाको फल अनि सपनाको अर्थ के हुन्छ ?

१. सपनामा मोटो गोरु देखे – अन्न सस्तो हुने
२. सपनामा चामल देखे – शत्रुता समाप्त
३. सपनामा पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य
४. सपनामा शिशु चलेको देखे – रोकेको धन प्राप्त हुन् सक्ने
५. सपनामा कुनै फलको बियाँ, गुदी देखे – शीघ्र धन लाभ
६. सपनामा खाटमा सुतेको देखे – गौरव प्राप्ति
७. सपनामा हराभरा जंगल देखे – प्रसन्नता मिल्ने
८. सपनामा खुला दरवार देखे – नया व्यक्ति मित्रता बन्न सक्ने
९. सपनामा बन्द दरवार देखे- धनको नोक्सान
१०. सपनामा खाएको देखे – धन र प्रसिद्धि प्राप्ति
११. सपनामा चश्मा लगाएको देखे – ज्ञान बढ्ने
१२. सपनामा महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति
१३. सपनामा पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने
१४. सपनामा तावा देखे – गुप्त रहस्य पत्ता लाग्ने
१५. सपनामा बत्ति बालेको देखे – नया अबसर पाउने
१६. सपनामा आकाशमा बिजुली चम्केको देखे – कार्य व्यवसायमा स्थिरता
१७. सपनामा मासु देखे – आकस्मिक धन लाभ
१८. सपनामा विदाई समारोह – धन-सम्पतीमा वृद्धि
१९. सपनामा भाचिएको छत देख्नु- हरेको धन प्राप्ति
२०. सपनामा सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने
२१. सपनामा मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने
२२. सपनामा पन्जा देखे- अचानक धन लाभ
२३. सपनामा जोडी सिंह देखे – दांपत्य जीवन सफलता उन्मुख
२४. सपनामा मैना देखे – उत्तम स्वास्थ्य
२५. सपनामा आभूषण, गहना देखे – कुनै काम पूरा हुने
२६. सपनामा जामुन खाएको देखे – समस्या टाढा हुने
२७. सपनामा जुवा खेलेको देखे – व्यापारमा लाभ
२८. सपनामा खच्चर देखे – धन संबन्धी समस्या
२९. सपनामा समाधि गरेको देखे – सौभाग्य प्राप्ति
३०. सपनामा आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

सपनाको फल, सपनाको अर्थ के हुन्छ ?

३१. सपनामा लडाई देखे – प्रसन्नता प्राप्त
३२. सपनामा लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
३३. सपनामा गोबर देखे – पशुको व्यापारमा लाभ
३४. सपनामा सुपारी देखे – रोगबाट मुक्ति
३५. सपनामा लठ्ठी देखे – आराम प्राप्ति
३६. सपनामा खाली बयल गाडा देखे – नोक्सानी हुने सम्भावना
३७. सपनामा सलाई कोर्नु – धनको प्राप्ति
३८. सपनामा छाती या आँखा कन्याएको वा चिलाएको देखे- धन लाभ
३९. सपनामा लाश देखे – बिमारी टाढा
४०. सपनामा चुरा देखे – सौभाग्य वृद्धि
४१. सपनामा धन उधारो देखे – अत्यधिक धन प्राप्ति
४२. सपनामा चन्द्रमा देखे – सम्मान मिल्ने
४३. सपनामा चाँदी देखे – धन लाभ
४४. सपनामा खेतमा पाकेको गहु देखे – धन लाभ
४५. सपनामा फल-फूल खाएको देखे – धन लाभ
४६. सपनामा चश्मा लगाएको देखे – ज्ञानमा वृद्धि
४७. सपनामा रातो फूल देखे – भाग्य चम्कन सक्ने
४८. सपनामा सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा
४९. सपनामा सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
५०. सपनामा नदीको पानी पिएको देखे – सरकारबाट लाभ पाइन्छ
५१. सपनामा रोटी खाएको देखे – धन लाभ वा राजयोग
५२. सपनामा कपास देखे – निरोगी हुने
५३. सपनामा कुकुर देखे – पुरानो मित्रसंग मिलन
५४. सपनामा धनुषमा ताँदो चढाएको देखे – सुख सयल वृद्धि वा पदोन्नति
५५. सपनामा जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
५६. सपनामा घर बनाएको – प्रसिद्धि मिल्न सक्ने
५७. सपनामा घोडा देखे – संकट टाढा हुने
५८. सपनामा मोती देखे – पुत्री प्राप्ति
५९. सपनामा अनार देखे – धन प्राप्ति योग
६०. सपनामा गाडेको धन देखे – अचानक धन लाभ

सपनाको फल, सपनाको अर्थ के हुन्छ ?

६१. सपनामा बजार देखे – दरिद्रता टाढा हुने
६२. सपनामा मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
६३. सपनामा लाश लगेको देखे – बीमारीबाट छुटकारा
६४. सपनामा घासको मैदान देखे – धन लाभको योग
६५. सपनामा पर्खालमा किल्ला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ
६६. सपनामा पर्खाल देखे – सम्मान बढ्ने
६७. सपनामा झरना देखे – दुखको अन्त्य
६८. सपनामा बलेको दियो देखे – आयुमा वृद्धि
६९. सपनामा सूर्य देखे – पदोन्नति वा धनलाभ
७०. सपनामा चेक लेखेर दिए – धन मिल्ने
७१. सपनामा इनार वा कुवामा पानी देखे – धन लाभ, सम्मान मिल्ने
७२. सपनामा आकाश देखे – पुत्र प्राप्ति
७३. सपनामा गोबर देखे – पशुको व्यापारमा लाभ
७४. सपनामा सुन्दरी स्त्री देखे – प्रेममा सफलता
७५. सपनामा चक्कु, छुरी देखे – सौभाग्य वृद्धि, संकटबाट मुक्ती
७६. सपनामा गुरु देखे – सफलता मिल्ने
७७. सपनामा इंद्रधनुष देखे – उत्तम स्वास्थ्य
७८. सपनामा मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा
७९. सपनामा कमलको फूल देखे – रोगबाट छुटकारा
८०. सपनामा देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति
८१. सपनामा घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति
८२. सपनामा बालक देखे – सन्तान वृद्धि
८३. सपनामा चन्दन देखे – शुभ समाचार मिल्ने
८४. सपनामा जटाधारी साधु देखे – राम्रो समयको शुरुआत
८५. सपनामा त्रिशूल देखे – शत्रुबाट मुक्ति
८६. सपनामा तारामंडल देखे – सौभाग्यको वृद्धि
८७. सपनामा सर्प दखे – धन लाभ, यौन स्वस्थ्यमा बढोत्तरी हुने
८८. सपनामा तपस्वी देखे – दान गर्ने अबसर
८९. सपनामा हुलाकी देखे – टाढाको आफन्त भेट
९०. थप्पड हानेको देखे – शत्रुसामु विजय

सपनाको फल, सपनाको अर्थ के हुन्छ ?

९१. सपनामा मसीको भाँडो- धन आगमन
९२. सपनामा आफ्नै आमा देखे – सम्मान प्राप्ति
९३. सपनामा हुलाक घर देखे – व्यापारमा उन्नति
९४. सपनामा नक्शा देखे – कुनै योजनामा सफलता
९५. सपनामा नुन देखे – स्वास्थ्यमा लाभ
९६. सपनामा बाटो देखे – समस्याका निराकरण
९७. सपनामा आफन्त देखे – उत्तम समयको शुरुआत
९८. सपनामा दंपत्ति देखे – दांपत्य जीवन अनुकूलता
९९. सपनामा शत्रु देखे – उत्तम धनलाभ
१००. सपनामा तास देखे – समस्यामा वृद्धि
१०१. सपनामा तीर देखे – लक्ष्यको वृद्धि
१०२. सपनामा सुकेको घाँस देखे – जीवनमा समस्या
१०३. सपनामा भगवान शिव देखे – विपत्तिको नाश
१०४. सपनामा न्याउरी मुसा देखे – शत्रुभय बाट मुक्ति
१०५. सपनामा टोपी जस्तो देखे – मान-सम्मान वृद्धि
१०६. सपनामा दूध देखे – आर्थिक उन्नति
१०७. सपनामा मंदिर देखे – धार्मिक कार्यमा सहयोग
१०८. सपनामा नदी देखे – सौभाग्य वृद्धि
१०९. सपनामा निलगाई देखे – भौतिक सुखको प्राप्ति
११०. बेलपत्र देखे – धन-धान्य वृद्धि
१११. सपनामा आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
११२. पुजा गरेको देखे – कुनै योजनामा लाभ
११३. पिर गरेको देखे – अत्यधिक शुभ फल
११४. सपनामा गाईको बाच्छा देखे – कुनै अनौठो घटना हुनु
११५. सपनामा वसंत ऋतु देखे – सौभाग्य वृद्धि
११६. सपनामा स्वर्ग देखे – भौतिक सुखमा वृद्धि
११७. सपनामा पत्नी देखे – दांपत्यमा प्रेम बढ्ने
११८. सपनामा स्वस्तिक देखे – धन लाभ
११९. सपनामा भाई देखे – नयाँ मित्र बन्न सक्ने
१२०. सपनामा मह देखे – जीवनमा अनुकूलता

सपनाको फल, सपनाको अर्थ के हुन्छ ?

१२१. सपनामा स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति
१२२. सपनामा रुद्राक्ष देखे – शुभ समाचार मिल्ने
१२३. सपनामा पैसा देखे – धन लाभ
१२४. सपनामा सुगा देखे – सौभाग्य वृद्धि
१२५. सपनामा अलैंची देखे – मान-सम्मान प्राप्ति
१२६. सपनामा सरस्वतीको दर्शन गरेको देखे – बुद्धि बिबेक वृद्धि
१२७. सपनामा कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति
१२८. सपनामा छेपारो देखे – घरमा चोरी हुन् सक्ने
१२९. सपनामा चरा देखे – नोकरीमा पदोन्नति
१३०. सपनामा कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद
१३१. सपनामा दूध दिने भैसी देखे – उत्तम अन्न लाभ
१३२. सपनामा खाली थाल देखे – धन प्राप्ति योग
१३३. सपनामा भेली, मिश्री वा चिनी खाएको देखे – राम्रो समय आउने संकेत
१३४. सपनामा सिँह देखे – शत्रु सामू विजय
१३५. सपनामा हात्ती दखे – ऐेश्वर्य प्राप्ति
१३६. सपनामा ऊँट देखे – धन लाभ
१३७. सपनामा सूर्य देखे – खास व्यक्तिसँग भेट
१३८. सपनामा औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने
१३९. आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने, उचाइ बढ्ने
१४०. आँप खाएको देखे – धन प्राप्त
१४१. सपनामा अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त
१४२. सपनामा चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ
१४३. सपनामा बादल देखे – चाडै बढुवा हुन् सक्ने
१४४. सपनामा घोडा चढेको देखे – व्यापारमा उन्नति
१४५. सपनामा ऐनामा अनुहार हेरेको देखे – कुनै महिला संग प्रेम हुने
१४६. सपनामा बगैचा देखे – खुसी मिल्ने
१४७. सपनामा कपाल काटेको देखे – ऋणबाट छुटकारा
१४८. सपनामा ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु
१४९. सपनामा बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने
१५०. सपनामा आफै हासेको देखे – कसैसंग विवाद हुन सक्ने

सपनाको फल, सपनाको अर्थ के हुन्छ ?

१५१. सपनामा आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
१५२. सपनामा फूल देखे – प्रेममा मिलन
१५३. सपनामा शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग
१५४. सपनामा पुलमा यात्रा – समाजको हितमा काम हुने
१५५. सपनामा प्यास लागेको देखे – लोभ बढ्ने
१५६. सपनामा पान खाएको देखे – सुंदर स्त्री प्राप्ति
१५७. सपनामा पानीमा डुबेको देखे – राम्रो कार्य हुने
१५८. सपनामा धनी व्यक्ति देखे – धन प्राप्ति योग
१५९. सपनामा बदाम खाएको देखे – धन प्राप्ति
१६०. सपनामा अण्डा खाएको देखे – पुत्र प्राप्ति
१६१. सपनामा आफ्नै सेतो कपाल देखे – आयु बढ्ने
१६२. सपनामा बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने
१६३. सपनामा पहाड़ चढेको देखे – उन्नति मिल्ने
१६४. सपनामा तरवार देखे – शत्रुसँग विजय
१६५. सपनामा हरियो साग देखे – प्रसन्न हुने
१६६. सपनामा तोप देखे – शत्रु नष्ट
१६७. सपनामा धनुष चलाएको देखे – इच्छा पूर्ण हुने
१६८. सपनामा कोइली देखे– सम्मान वृद्धि
१६९. सपनामा तरबुजा खाएको देखे – कसै सँग दुश्मनी हुन् सक्ने
१७०. सपनामा जहाज देखे – टाढाको यात्रा हुने

राम्रा सपनाहरू, यी सपनाको फल राम्रो हुन्छ ।

अन्नबाली, घोडचढी, कमलको फुल, गोरु, गाइ, कछुवा, गुरु, सेतो रंगको फुल, दही, चामल, चादीका भाडा, हात्ती, राजा महाराजा, सिहासन, फल, सेतो बस्तुवा पदार्थ, कपास, मिठाइ, देबताको प्रतिमा वा मुर्ति, बिद्धान ब्राम्हण, सधवा आइमाइ, ध्वजा, समुन्द्र स्नान, गंगाको स्नान, खोला तरेको, तारा, चन्द्रमा, देवता, मन्दिर, गित संगीत, पर्बतारोहण, फलेकोबृक्ष, फुलेको फुल, केटाकेटी, हतियार प्राप्ती, शरीरमा तेज आउनु, पुस्तक रचना वा अध्ययन, सन्त महात्मा, दुध खानु, फल खानु, सर्प, लास वा लास लाँदै गरेको, स्वर्गका अप्सरा, गायनकला, भाषण, बन्धनबाट छुटेको, भरीएको भाडो, तोरण, रुदै गरेको ब्यक्ति

सपनामा सम्भोग गरेको देखेमा के अर्थ लाग्छ ? थाहा पाउनुहोस खास कारण !




Top