logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

संखुवासभामा अहिलेसम्म १० जना डेंगुका विरामी

स्टिम न्युज वि.सं २४ भाद्र २०७६, मंगलवार २१:२१
Blog single photo

खाँदबारी:  देशभर महामारीको रुपमा फैलिएको डेंगु संक्रमण संखुवासभामा हाल सम्म १० जनामा देखिएको छ ।

जिल्ला स्वास्थ्य कर्यालयका प्रमुख रमेश बाह्रकोटीका अनुसार संखुवासभाको तुम्लिङटार विमानस्थल वरपरमात्रै ६ जना डेंगुका विरामी भेटिएका छन् । त्यस्तै सदरमुकाम खाँदबारीमा १, मानेभञ्ज्याङमा १ र चैनपुरमा २ जनामा डेंगु देखा परेको थियो ।

खुवासभाको तुम्लिङटारमा पहिलो पटक डेंगु देखिएको डेंगु एकसातामा ६ जनामा देखिएको हो । खाँदबाी र चैनपुरमा बिरामी नबढेपनि तुम्लिङटारमा भने एकसातामा ६ जनामा डेंगु देखिएको हो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख डा लक्ष्मण खड्काका अनुसार केही समय अघि जिल्ला अस्पतालमा चेकजाच गर्न आएका एक जनामा डेंगुको शंका लागेर नमुना स्वास्थ्य मन्त्रालयमा पठाईएको थियो । नमुनाको आधारमा डेंगु लागेको पुष्टि भएको खड्काले बताए ।

जिल्ला स्वास्थ्यले डेंगु नियन्त्रणका लागि काम सुरु गरिसकेको जनाएको छ । उसले तुम्लिङटारमा जनचेतनाका कार्यक्रम र प्रचारप्रसार सुरु गरेको छ ।




Top