logo
  • Sunday, September 15, 2019
  • वि.सं २९ भाद्र २०७६, आईतवार

प्रधानसेनापतिद्वारा पहिलाे पटक सम्पति विवरण सार्वजनिक (सम्पति विवरणसहित)

स्टिम न्युज वि.सं २५ भाद्र २०७६, बुधबार ०८:०२
Blog single photo

काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफ्नो १ वर्षे कार्यकालमा सम्बोधन गर्दै प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार खरिद गरिएको उल्लेख छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा २३ लाख नगद, ग्लोबल आइएमइ बैंकको खातामा ४२ हजार र उनको श्रीमतीको नाममा ५० हजार नगद रहेको उल्लेख छ ।

श्रीमती र छोरीको नाममा ४३ लाख बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसका साथै उनको काठमाडौं, नवलपरासी र लमजुङमा जग्गा समेत रहेको छ । सेना राष्ट्रिय सुरक्षा हेर्ने संवेदनशील संगठन भएता पनि आफूले पारदर्शीताको लागि सम्पत्ति विवरण सार्वजनिक गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा समेत गरे ।




Top