logo
  • Wednesday, February 26, 2020
  • वि.सं १४ फाल्गुन २०७६, बुधबार

दुई महिनाअगाडि कालोपत्रे, अहिले कालोपत्रे उप्किएर खाडल

स्टिम न्युज वि.सं १९ माघ २०७६, आईतवार ०७:४६
दुई महिनाअगाडि कालोपत्रे, अहिले कालोपत्रे उप्किएर खाडल

काठमाडौं । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुन नगरपालिकाले दुई महिनाअगाडि कालोपत्रे गर्यो ।

अहिले सडक कालोपत्रे उप्किएर खाडल बनेका छन् । मापदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुई महिना पनि नथामेको नागार्जुन नगरपालिका ४ का स्थानीयले बताए ।

नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ एक स्थानीयले भने, “कालोपत्रे देखाउन मात्र गरिएको रहेछ ।” उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।

तर, वर्षातको मौसम भएकाले त्यस बेला काम सुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए । त्यसपछि कातिक मसान्तपछि कालोपत्रे गरियो ।

२० एमएको मोटाइको पिच गर्न ५४ लाख १९ हजार रुपैयाँमा कालिञ्चोक  कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए । कान्तिपुर दैनिकबाट



Loading...
loading...

Top